म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिने भएको छ ।

गाउँपालिका भित्र कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि समयमै विरामीको उपचारका लागि गाउँपालिका अध्यक्षले सवारीसाधनलाई तयारी अवस्थामा राख्न आफुँले चढ्दै आएको गाडीमा अक्सिजन सिलिण्डर सहितको तयारी गरेको उपाध्यक्ष सिर्जना केसीले बताईन् ।

उनले गाउँपालिका भित्रका विपन्न कोरोना संक्रमितहरूलाई निःशुल्क सेवा दिने गरी अन्य सवारीसाधन समेत तयारी अवस्थामा राखिएको बताईन् । कोभिडका बिरामीलाई गाउँपालिकाका गाडीले निःशुल्क बिरामी ओसार पसार गर्ने तथा अति आवश्यकता परेकालाई कर्मचारी, स्वयंमसेवक तथा जनप्रतिनिधिमार्फत घरमै औषधी पुर्याउने जनाइएको छ ।

गाउँपालिकाले कोरोनाको लक्षणसँग मिल्ने बिरामी भएका गाउँमै पुगेर एन्टीजेन परीक्षण गरी थप आवश्यकता परेमा अर्मन स्वास्थ्य चौकीमा स्बाब संकलन गरिने गाँउपालिका अध्यक्ष रोकाले बताए । ‘कोरोनाबट समुदायलाई नै सुरक्षित गर्ने गरी वडास्तरमै कडा निगरानी राख्ने प्रयासमा छौ,‘यो महामारीलाई सबै मिलेर सामाना गरी संक्रमणबाट जोगिन सकिन्छ’ अध्यक्ष रोकाले भने ।

उनले गाउँपालिका भित्र कोरानाको लक्षण देखिएकालाई तत्काल सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । सबै वडाभित्रका टोलटोलमा पुगेर एन्टीजेन परीक्षण गरिने छ । थोरै समयमा धेरैको परीक्षण गरी छिटो नतिजा निकाल्नका लागि एन्टिजेन विधि अपनाउने गरिन्छ । यो विधिलाई पिसिआर जस्तै मान्यता दिइएको छ ।

Leave a Reply