अशक्त,असहाय र विपन्न वर्गका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भनेर अमेरिकामा बसोबास गर्ने म्याग्दी बेनी नगरपालिका-४ सुर्केमेला घर भएका म्याग्दी समाज अमेरिकाका अध्यक्ष इन्द्र थापा र समाजसेवी सवि थापा सिलिन्डर खरिद गर्न डेढ लाख सहयोग गरेका छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाइरहेको घटना सार्वजनिक हुन थालेपछि अमेरिकामा बसोबास गर्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेला घर भएका एक दम्पत्तीले अक्सिजनको सिलिन्डरका लागि डेढ लाख सहयोग गरेका छन् ।

काठमाण्डौ लगायतका क्षेत्रमा रहेका अस्पतालमा कोरोना संक्रमतिलाई अक्सिजनको सिलिन्डर उपलब्ध गराउँदै आएको हाम्रो टिम नेपालको अभियानमा म्याग्दी समाज अमेरिकाका अध्यक्ष इन्द्र थापा र समाजसेवी सवि थापाले सहयोग गरेको सामाजिक अभियान्ता सपना रोका मगरले बताईन् ।

‘सहयोग रकमबाट हामीले अक्सिजनको सिलिन्डर ब्यवस्थापन गछौं, उपचारको क्रममा रहेका बिरामीलाई समेत निशुल्क भोजन सहितको अन्य ब्यवस्थापन पनि मिलाउँछौ’ उनले भनिन्।

अशक्त, असहाय र विपन्न वर्गका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने मुख्य उदेश्य रहेको सपनाले बताईन् ।

यो अभियानमा रोका मगर समेत फन्टलाइनमा बसेर सक्रिय रहेकाले उनीमार्फत उक्त सहयोग संस्थामा उपलब्ध गराइएको समाजसेवी थापाले बताईन् ।‘कोरोनाबाट जोखिमा परेकालाई सानो सहयोग गरेका छौ,‘यो समयमा जसले जे सकिन्छ, त्यही गर्ने हो’ थापाले भनिन् ।

अभियानबाट धेरैलाई उपचारमा सहज भएको देखेर समेत उत्साहित भएको थापाको भनाई छ । समाजसेवी थापाले म्याग्दीमा विपन्न र अभिभावक विहिन विद्यार्थीलाई उच्च शिक्षासम्म पढाईको ब्यवस्था मिलाउनुको साथै अन्य विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेकी छन् ।

यस्तो जटिल स्थितिमा हाम्रो टिमले तीन दिनयता निःशुल्क अक्सिजन वितरण टिमलाई बेनीअनलाइनकर्मी हरिकृष्ण गौतमले समेत ब्यक्तिगत रुपमा २ हजार सहयोग गरिसकेका छन् ।

संक्रमितको ज्यान बचाउन अक्सिजनको सिलिन्डर बोकेर अस्पतालमै पुग्ने उक्त अभियानले धेरै सहज भएको हाम्रो टिम नेपालले जनाएको छ । समहुले अस्पताल र कोरोना संक्रमितलाई घर–घरमै पनि अक्सिजन उपलब्ध गराइरहेको छ । यस समुहले सडकका अलपत्र र मनोरोगीलाई खाना खुवाइरहेको छ ।

 

Leave a Reply