धवलागिरी गाउँपालिका कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले वडामै पुगेर एन्टीजेन परीक्षणलाई तिब्रता दिएको छ ।

कोरोनासँग लक्षण मिल्ने बिरामी देखिन थालेपछि कोरोना अस्थायी अस्पतालका चिकित्सक डा. एकराज भण्डारीको नेतृत्वमा वडास्तरमै पुगेर परीक्षणलाई तिब्रता दिएको गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले बताईन् ।

‘जहाँ बिरामी भेटिन्छन्, त्यही पुगेर सेवा दिइरहेका छौ,‘कोरोनासँग मिल्ने लक्षण भएकालाई परीक्षण गर्ने गरी टोली परिचालन गरिएको छ’ अध्यक्ष पुनले बेनीअनलाइनसँग भनिन् ।

एन्टीजेन परीक्षणमा कोरोना पुष्टी भए लगत्तै वडा सिल गरेर बाहिरी जिल्लाबाट आवतजावतमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा छिमेकी पालिकाबाट सवारीसाधन सहित अपरिचित मान्छेलाई आवतजावतमा रोक लगाइएको छ भने कोरोनासँग सम्बन्धित यसअगाडी घोषित नियमलाई कडाईका साथ पालना गर्न समेत निर्देशन दिइएको छ ।

कोरोना परीक्षणको क्रममा वडा नं २ लुलाङमा १० जनामा परीक्षण गरिएकोमा ७ जनामा एन्टीजेनको नतिजा पोजेटिभ आएको थियो । गाउँपालिकाले वडा नं ३, ७ मा समेत परीक्षण गरेको छ भने अन्य वडामा समेत बिरामीको लक्षण देखिएमा तत्काल टोली परिचालन गर्ने जनाएको छ ।

Leave a Reply