लायन्स क्लब अफ बेनी लभ्लीहिलले बेनी नगरपालिका-४, तातोपानी कुण्ड ब्यवस्थापन समितिलाई स्वास्थ्य साम्रागी वितरण गरेको छ।

कोरोना भाइरसको दोस्रो लहरसँगै तातोपानी बजार कोरोना संक्रमणको उच्च जोखिममा परेपछि लायन्स क्लवले १ हजार थान सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर र २ वटा अक्सिमिटर सहयोग गरेको क्लवले जनाएको छ ।

कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यलाई क्लवका आतिथ्य शाखा लायन्स क्लव बेनीका २०२०–२०२१ का अध्यक्ष सुमन श्रेष्ठ, क्लवका चार्टर अध्यक्ष अर्जुन पौडेलबर्ष २०२१–२०२२ को अध्यक्षमा देबेन्द्र पौडेल लगायतले हस्तान्न्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष शाक्यले उक्त सहयोगलाई आवश्यकता अनुसार प्रयोग गर्ने बताए ।

सोही अवसरमा लायन्स क्लवले समेत कोरोनाको महामारीसँग लड्न समुदायस्तरमा विभिन्न कार्यक्रमहरु लिएर आउने प्रतिबद्धता जनाएका थिए । कोरोनाको पहिलो लहरमा समेत क्लवले विभिन्न रचनात्मक कार्य गरेको थियो । जिल्लाभर लायन्स क्लवले अभियान सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply