म्याग्दीको मंगला गाउँपालिकाको कोरोनाको संक्रमण समुदायस्तरमै फैलिएपछि गाउँ-गाउँमा पुगेर स्वाव संकलन गरिएको छ । कोरोना संकमितको संख्या वृद्धि हुँदै गएपछि कोरोनासँग मिल्ने तथा संक्रमितको सम्पर्कमा आएकालाई स्वास्थ्यकर्मीको टोली सहित पुगेर स्वाब संकलन गरिएको हो ।

आइतबार स्वास्थ्यकर्मीको टोलीले मंगला गापा–४ थापुङबाट १७ जना र वडा नंं ५ मा अवस्थित अर्मन स्वास्थ्य चौकीबाट २४ जनाको स्वाब संकलन गरिएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताईन् ।

लक्षण देखिएका बिरामीलाई परार्मश सहित स्बाब संकलन गरी पिसिआरका लागी पोखरा पठाउने ‘लक्षण देखिएका बिरामीको स्बाब पायक पर्ने ठाउँमै पुगेर ल्याउँछौ,‘समस्या पर्नेलाई उपचारका लागि सवारीसाधन समेत तयारी अवस्थामा राखिएको छ’ उनले भनिन् ।

स्वाब संकलन परी नतिजा नआउँदासम्म होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरिएको छ । यसैबीच गाउँपालिकामा आइतबार राति १२ बजेदेखि बैशाख ३१ गते रातीसम्म निषेधाज्ञा जारी गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए ।

अशक्त, असहाय र विपन्न वर्गका कोरोना संक्रमितले अक्सिजन अभावकै कारण ज्यान गुमाउन नपरोस् भनेर गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले प्रयोग गर्ने सवारीसाधनलाई समेत एम्बुलेन्स बनाइएको छ भने अक्सिजनको सिलिण्डरको अभाव भएमा ढुवानी सहितको आवश्यक सहयोग गर्ने समेत गाउँपालिकाले जनाएको छ।

Leave a Reply