एक सय रुपैयाँको लोभ देखाएर म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थान नुन्लेमा ११ बर्षिया बालिका बलात्कृत भएकी छन् । बैशाख १४ गते रातको समयमा नुन्ले भन्ने पाखोमा पैसाको प्रलोभन देखाई स्थानीय २१ को बिजय बिकले बालिकालाई जबरजस्ती बलात्कार गरेका थिए।

बालिकाको स्वास्थ्य अवस्था समान्य छ भने जबरजस्ती करणीमा संलग्न विक फरार रहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।  ‘नाबालिकालाई फकाई फुलाई पैसा दिन्छु भन्ने प्रलोभन देखाएको देखिन्छ, घटनामा संलग्नको खोजीकार्य भइरहेको छ’ प्रनाउ राईले भने ।

घटना भएको दिन गाउँमा विवाह समारोह समेत चलिरहेको मौका छोपी बलात्कार गरेको अनुमान गरिएको छ । बलात्कारपछि बालिका रुँदै घर पुगेपछि घरका मानिसले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको थियो । बलात्कृत बालिकाको शरीमा समेत चोट देखिएको छ ।

Leave a Reply