कोरोना भाइरस सङ्क्रमित तथा समस्यामा परेका अशक्त, असहाय र विपन्न वर्गका कोरोना संक्रमितको उपचारमा सघाउने गरी गंगा जिसी फाउण्डेशनले ५ वटा सवारीसाधनलाई एम्बुलेन्स बनाएको छ ।

आइतबार जिल्लाभित्र कोरोना भाइरसको लक्षण देखिएपछि उपचारमा समस्या भएका बिरामीलाई अस्पतालसम्म ल्याउने प्रयोजनका लागि फाउण्डेशनले तयार गरेको सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका र स्वास्थ्य कार्यालयका प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष नाराया जिसीले जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ सुवास पौडेल, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी, स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साललाई कोरोनाका बिरामी समस्यामा परेकोको बेलामा एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी सवारीसाधन तयार गरिएको जानकारी फाउण्डेशनले दिएको थियो । उक्त सवारीसाधनभित्र अक्सिजन सिलिण्डर समेत जडान गरिने छ ।

फाउण्डेशनले निलगिरी यातायात प्रालिसँग समन्वय गरिएको अध्यक्ष जिसीले बताए ।‘हामीले उपचार नै नपाउने अवस्थामा बिरामीलाई पहिलो सूचीमा राखेर उद्धार गछौं,‘स्वास्थ्य संस्थासम्म पुग्नै नसक्ने अवस्थाका बिरामीका बारेमा सम्बन्धित निकायबाट पनि सूचनामा सहकार्य हुन्छ’ जिसीले भने । उनले कोरोनाको महामारीमा जसले जे सकिन्छ त्यही सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, फाउण्डेशनका सदस्य एवम् जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतको उपस्थिती रहेको थियो । फाउण्डेशनले गएको असार महिनामा बाढीपहिरोबाट विस्थापितको उद्धार तथा घाईतेलाई हेलिकप्टरबाट समेत उपचारमा सघाएको थियो भने राहत साम्रागी हस्तान्तरणमा समेत सहजीकरण गरेको फाउण्डेशनका सदस्य सचिव बिमल रिजालले बताए । उनले फाउण्डेशनले जिल्लामा आवश्यक पर्ने क्षेत्रमा सहयोग गर्ने समेत बताए ।

Leave a Reply