नयाँ भेरियन्टको कोरोनाको संक्रमण समुदायस्तरमै फैलिएपछि बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब संकलन सुरू गरेको छ । जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमति रहेको बेनी नगरपालिका भित्रको सदरमुकाम बेनीमार रहेका दुई वडा बाहेक ८ वटै वडामा रहेको स्वास्थ्य चौकीमा स्बाब संकलनका लागि स्वास्थ्यकर्मीको टोलीलाई परिचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए ।

‘कोरोनासँग मिल्ने लक्षण देखिएकालाई स्वाव दिन अनुरो गर्दछौ,‘वडास्तरमै पुगेर सचेतनामुलक कार्य पनि गछौं’ सुबेदीले भने । उनका अनुसार बेनपा ७ र ८ लाई बेनी अस्पतालमै स्बाब संकलन भइरहेको छ ।

नगरपालिकाले संक्रमतिलाई समेत सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेम बुझ्ने गरेको छ । त्यस्तै वडास्तरबाट स्बाब संकलनसँगै संक्रमति पहिचान भएमा संस्थागत आइसोलेसन वा होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सर्तकताका बारेमा समेत जानकारी दिने स्वास्थ्य संयोजक लिला गौतमले बताईन् । बेनी नगरपालिकामा सबैभन्दा धेरै संक्रिय संक्रमति छन् । स्बाब संकलनसँगै थप कोरोना नियन्त्रणका लागि थप योजना बनाउने नगरपालिकाले जनाएको छ ।

Leave a Reply