म्याग्दीको मालिका गाउँपालिका-५ देविस्थानमा बेपत्ता भएका एक यूवाको शब फेला परेको छ । ११ दिनदेखि बेपत्ता भएका पनथोकबाट धान्ने बहादुर पुनको शब हिजो शनिबार जंगलको ओडारमा ढुङ्गाले पुरिएको अवस्था फेला परेको हो ।

गाउँबाट एक्कासी सम्पर्कविहिन भएका पुनको शब ओडारमा पुरिएको अवस्थामा भेटिएको स्थानीयबासीले बताएका छन् । बेपत्ता पुनको हत्या गरेर ओडारमा लुकाउन खोजेको जस्तै देखिएको अनुसन्धानमा खटिएका प्रहरीले बताएको स्थानीयको भनाई छ । मृतक पुनको शरीरमा समेत चोट भएपनि पोष्टमार्टम रिर्पोटबाट बास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

मृतकको शब लुकाउन प्रयोग गरिएको ओडारमा स्थानीय समेत जार्दैनन् । उक्त स्थानमा शब लुकाउदा फेला पार्न नसकिने भन्दै घटना घटाइएको हुनसक्ने भन्दै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मृतकका परिवारले माग गरेका छन् ।

घटनाको प्रकृति हेर्दा अन्यत्रै हत्या गरेर ओडारमा लिएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान अधिकृतको रुपमा खटिएका प्रहरीको टोलीको अनुसन्धानकै आधारमा हत्यामा संलग्नको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

रिसिईवी साँध्न वा कुनै लेनदेनको विवादका कारण हत्या भएको हुनसक्ने आशंका छ । घटनामा एकजना मात्रै संलग्न हुन सक्ने अवस्था नदेखिएकाले हत्यापछि शब ब्यवस्थापन गरिएको अवस्थालाई हेर्दा एक समुह नै संलग्न रहेको अनुमान प्रहरीले गरेको छ । मृतकको शब ओडारमा लागेर ढुंगाले पुरिएको छ ।

जवकी ओडारभित्र सामान्यतय प्रवेश गर्न नै सकिने मुस्किल हुन्छ ।शब लुकाउन जुटाइएको ढुंगा, ओडारसम्म पुर्याउन एकै सम्भव समेत भएकाले घटनाको प्रकृति हेर्दा योजनाबद्ध तरिकाले हत्या गरिएको हुनसक्ने भन्दै स्थानीयले निस्पक्ष छानविनको माग समेत गरेका छन्। हत्यापछि शब लुकाउन ओडार नै रोज्नुको रहस्य समेत प्रहरीले खोज्दै छ ।

Leave a Reply