म्याग्दीमा थप एक जना कोरोना संक्रमित यूवाको पोखरामा मृत्यु भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–२ का ३७ बर्षिय कोराना संक्रमित पुरुषको सोमबार गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । मृतकलाई २३ गते कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

बेनी अस्पतालबाट पठाइएको नमुनामा ५ जनाको ज्यान गएको छ भने यो महिना कोरोनाको लक्षण देखिएका संकास्पद सहित कुल ९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

Leave a Reply