म्याग्दीमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमति थपिएका छन् । सोमबार मात्रै ६२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बेनी नगरपालिका,मंगला गाउँपालिका,मालिका गाउँपालिका,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा बेनी नगरपालिकामा ४६ जना रहेका छन् । बेनी नगरपालिकाका बेनी सामुदायिकका २ जना र प्रकाश माविका २ जना रहेका छन् । जिल्लाका सबै स्थानीय तहमा धमाधम कोरोना संक्रमति थपिन थालेपछि संक्रमतिको संख्या २ सय नाघेको छ ।  जिल्लाभित्र सक्रिय संक्रमतिको संख्या २ सय नाघेपछि कडा लकडाउन गर्न सकिने नियम भएकाले म्याग्दी अव लकडाउनको चरणमा प्रवेश गर्ने संकेत देखिएको छ ।

यस्तै सोमबार नै स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमा अन्नपुर्ण गाउँपालिका वडा नम्बर २ का ७२ बर्षिय पुरुष र धवलागिरी गाउँपालिका वडा नम्बर २ का ३७ बर्षिय एक कोरोना संक्रमित पुरुष रहेका छन् । बृद्धको बेनी अस्पतालमा र अर्का पुरुषको पोखरामा ज्यान गएको हो ।

Leave a Reply