बेनी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेनी नगरपालिका–८ बस्ने अन्दाजी ५५ वर्षिय पुरूषको मंगलबार विहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गएको १९ गते कोरोना पुष्टी भएपछि होम आइसोलेसनमा बसेको अवस्थाम स्वासप्रस्वासमा समस्या भएपछि उनलाई आईतबार राती अस्पतालमा भर्ना भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

बेनी अस्पतालबाट पोखरामा नमुनामा ५ जनाको ज्यान गएको छ भने यो महिना कोरोनाको लक्षण देखिएका संकास्पद सहित कुल १० जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । हालसम्म म्याग्दीमा सक्रिय संक्रमतिको संख्या १ सय ७२ जना रहेको छ ।

Leave a Reply