जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै कोरोना जित्नको संख्या समेत बढ्न थालेको छ । बैशाख महिना   यता म्याग्दीमा ८७ जनाले कोरोना जितेका छन् ।

सोमबार ११ र मंंगलबार २० जना सहित पिसिआरका ७० र एन्टिजेन परीक्षणमा संक्रमति भएका १७ जना कोरोनामुक्त भएका हुन् । कोरोना संक्रमति भएर होम आइसोलेसनमा बसेकाहरुमा लक्षण देखिएपनि कोरोना परास्त गरी दैनिक काममा फर्किएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकृत गणेश सुबेदीले बताए ।

‘निको हुनेको संख्या पछिल्लो समय बढेको छ,‘जनस्वास्थ्यको मापदण्डको पालना गरे कोरोनाबाट मुक्त हुन सकिन्छ’ सुबेदीले बेनीअनलाइनलाई भने । कोरोनाको लक्षण देखिएमा समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने भाइरस संक्रमणलाई पराजित गर्न सकिने बताइएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने,पखाला, शरीर दुख्ने लगायतका समस्या भए तत्काल उपचारका लागि जानुपर्ने चिकित्सकको भनाई छ । कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा ध्यान दिने र अक्सिजनको मात्रा कमी भए तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललले बताए ।

उनले होम आइसोलेसनमामा बसेकाले नियमित तातो बाफ लिने र स्वास्थ्यमा हेल्चेक्राई गरे कोरोनालाई सजिलै जित्न सकिने बताए । हालसम्म म्याग्दीमा सक्रिय संक्रमतिको संख्या १ सय ७२ जना रहेको छ ।

Leave a Reply