गएको बैशाख १४ गते म्याग्दीको मालिका गाउँपालिका-५, देवीस्थानका दिलबहादुर विकको बिहेमा अबेरसम्म रमझम सकिएकै थिएन । घरमा रमझम, रमाइलो, नाचगान र खानपिन चलिरहेको थियो । सबै आ–आफ्नै धुनमा थिए । विवाहमा परिवारका सदस्यसँगै गएकी ११ बर्षिया बालिकामाथि देविस्थानकै जुग्जाका २१ वर्षीय विजय विकको गिद्धे नजर पर्यो । विवाहको रमाइलो माहोलमा घुलमिल भइरहेकी बालिकालाई पैसाको प्रलोभन देखाएर विकले जबरजस्ती करणीको प्रयास गरे ।

हातमा १ सय रुपैयाँ लिएर प्रलोभनमा पारी जवरजस्ती गरेका विक गाउँमा हल्ला चल्न थालेपछि पोखरा पुगे । १४ गतेको घटनालाई पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा दिएपछि मात्रै सार्वजनिक भयो ।पक्राउ पर्ने डरले पोखराको एक ग्रिल उद्योगमा लुकेर बसेका विकलाई प्रहरीले नियन्त्रणमा लिएर बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

विवाहको मौकामा आफुँले गल्ती गरेको अभियुक्तले स्वीकार गरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए । ‘पैसा दिएर बालिकालाई जवरजस्ती गरेको पुष्टी भएको छ, थप प्रमाण जुटाएर मुद्धा दर्ता गछौं’ प्रनाउ राईले भने ।

उनले बालिकालाई अभियुक्तले निगरानीमा राखेजस्तै अनुसन्धानमा देखिएको बताए । घटनास्थलको अवस्था हेर्दा पूर्व योजना नभएपनि विकले बालिकालाई प्रलोभनमा पार्न अनेक प्रयास गरेको देखिएको प्रनाउ राईको भनाई छ ।

बालिका करणीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ मा उल्लेख भए अनुसार १० वर्ष वा १० वर्षभन्दा माथि १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ बर्ष देखी २० बर्ष सम्म कैद सजाय हुने कानूनी व्यबस्था रहेको छ । प्रहरीले कानुन अनुसार कैद सजायको माग गदैं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ

 

Leave a Reply