म्याग्दीको रघुगंगा गाउँपालिकाले मंगलबार  राती १२ बजेदेखि निषेधाज्ञा गर्ने भएको छ । गाउँपालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बुधबार राती १२ बजेदेखि जेठ ८ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले विकास निर्माणमा काम गर्नेहरु समेत साईटको क्याम्पबाट बाहिर जान नपाउने र बाहिरबाट आएकालाई अनिर्वाय पिसिआर रिर्पोट चाहिने बताए ।

गाउँपालिकाभित्र विभिन्न समुदायमा कोरोना भाइरसको संक्रमण बढेपछि बढी भीडभाड हुने गाउँपालिका कार्यालय, वडा र विषयगत सेवा केन्द्रका कार्यालयहरुबाट अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।

वडाको नियमित सेवा बन्दसँगै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले जोखिम र लक्षण देखिएको स्थानमा पिसिआर तथा एन्टीजेन परीक्षणलाई समेत तिब्रता दिएको गाउँपालिकाले जनाएको छ ।

यसैबीच गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले आफ्नो ब्यक्तिगत सवारीसाधनलाई कोरोना संक्रमतिको उपचारका लागि एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएका छन् । ग १ च २४ ९५ नं को निजी गाडीलाई कोभिड १९ रोकथामका लागि आवश्यक क्षेत्रमा प्रयोग गरिनेछ ।

अध्यक्ष भण्डारीले हरेक वडामा निजी र भाडामा सवारीसाधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने बताउँदै बिरामीको उपचारमा कुनै समस्या नहुने बताए । उनले कोरोनाको उच्च जोखिम भएको टोलमै पुगेर स्वास्थ्यकर्मीले परीक्षण समेत गर्ने बताए । उनले कोरोना रोकथामको पहिलो चरणमा चेकजाँच सकिएपछि अन्य कार्यक्रमहरु ल्याउने समेत बताए ।

Leave a Reply