म्याग्दीका पाइलट सोवित गौचनले सगरमाथाको चुचुरो चुमेका छन्। बेनी नगरपालिका–८ शिक्षामार्ग घर भएका गौचन सगरमाथा आरोहण गर्ने नेपालको पहिलो पाइलट बन्न पुगेका छन् ।

करिब एकदशक देखि नेपाली आकाशको अनुभव रहेका गौचनले एयर डाइनेस्टीका क्याप्टेन, अल्टिच्युट एयरका अपेरशन डाइरेक्टर सम्हालिसकेका छन् भने हाल हेली एभ्रेस्टका अपेरशन डाइरेक्टरको रुपमा कार्यरत छन् ।

गौचनले गएको असार महिनामा म्याग्दीका बाढीपहिरो पीडितलाई समेत सहयोग जुटाएर पहिरोस्थलमै पुगेर हस्तान्तरण गरेका थिए । उनले विभिन्न एयरमा आवद्ध पाइलटहरुबाट पहिरो पीडितलाई ६ लाख बराबरको सहयोग गरेका थिए ।

उनले सिंगा तातोपानी कुण्डको ब्यवस्थापनमा समेत सहयोग गरेका छन् भने आपतकालिन अवस्थामा म्याग्दीबाट बिरामीको उद्धारमा समेत उच्च प्राथमिकता दिने गरेका छन् । बेनीका लोकदिप आवासीय माविबाट एसएलसी उत्र्तिणा गरेर गौचनले विज्ञान विषयमा उच्च शिक्षा हासिल गदैं विदेशमा पाइलट कोर्ष गर्न गएका थिए ।

कलिलै उमेरमा उनले उडानको क्षेत्रमा फरक पहिचान बनाउन सफल भइसकेका छन् । गौचन सामाजिक एवम् मानवीय सेवामा समेत रुची राख्ने भएकाले विभिन्न जिल्लामा पुगेको बेलामा सहयोग समेत गर्ने गरेका छन् । गौचनले हिजो बिहान ८ः१५ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका थिए । उनले आरोहणकै लागि विभिन्न स्थानमा पुगेर अभ्यास समेत गरेका थिए ।

Leave a Reply