जमुना आचार्य
दश महिना कोखमा राखी खुसी हुँदै यस धर्तीमा ल्यायौ ।
तीनवर्ष नपुग्दै पहिलो सन्तानको हातै गुम्यो बलिन्द्रधारा रोयौ ।।
गर्भमा छोरी, पिठ्युँमा छोरी कति दुःख पायौ ।
प्रसव पीडासँगै फेरी उही (छोरी) भन्दा कति दुःखी भयौ ।।
गर्भभित्र मा¥यौ कति छोरी सात छोरी जन्म दियौ ।
तीखा वचन र दुव्र्यवहारसँगै ताता आँशु पियौ ।।
बाजा बजाई सौता भिœयाउने महान् नारी तिमी ।
घरखर्च छोरीको शिक्षा बेचेर साग, बोडी र सिमी ।।
कसो गरी पठायौ नि आफ्नै दुलाहा अम्बाई ।
छोरा पाउन ल्याए बाले व्यहो¥यौ सौता रमाई ।।
साग बेचेको सुका मोहोर पटुकीमा गन्थेउ ।
दुःख कष्ट सहेर पनि शिक्षा संस्कार असल दिन्छु भन्थेउ ।।
उमेर जम्मा बयालीस लाउँ–लाउँ र खाउँ–खाउँ थियो ।
तिम्रो पीडा देखेर होला दैवले दुःख लुकाइदियो ।।
दुईहजार साठीसाल असार तीनमा स्वर्गवासी भयौ ।
दुध खाने उमेरमा छोड्यौ कान्छी, सरु साथमा लग्यौ ।।
रहर थियो आमा तिम्रो नयाँ चोली फेर्ने ।
नदीभित्रै बिलिन भयौ कात्रो पाइनौ बेर्ने ।।
कान्छी छोरी पाँचै वर्ष दिर्घरोगी सासु अनि पति ।
घरमा खर्च धान्नी तिमी गयौ आपत्विपद् प¥यो अति ।।
दुःख ग¥यौ अभाव थियो फालेउ जुनि एउटै सारीमा ।
आमा औंसी टिका लाउन खोज्नुपथ्र्यो बारीमा ।।
स्कुल जाँदा एक रुपैयाँ भन्दै बाटो कुर्थी जेनीले ।
कस्ती थियौ चिन्न पनि पाइन आमा स्यानीले ।।
सावा अक्षर चिन्यांै आमा, छोरी सबले आज ।
असल संस्कार शिक्षा दिने तिम्रो रहर पुरा भाछ ।।
तिम्रा छोरी छाक टार्न र आङ छोप्न सक्ने सबै भाछन् ।
घरजम गरे अरु बहिनीले जेनी कान्छी परदेश गाछन् ।।
फल पनि लाछ आमा तिम्ले रोपेको बोटमा पनि ।
नाति नातिनी भाछन् आमा तिम्रा चार ओटा नि ।।
तिमिले दिएको संस्कारबाटै हामी अघि लाग्या छौं ।
लगाऔ आमा नयाँ चोलो फेरिदिन सक्ने हामी भएका छौं ।।
आमा औंसी आयो भन्छ्न सबका मनमा खुसी छाएको छ ।
हामीसँग तिमी छैनौ आमा कालो बादल लाएको छ ।।
स्वर्गबाट आमा हामीलाई साहस अनि साथ पनि दिनु ।
हासो खुसी, उमङ्ग र आशिर्वाद दिनु, दुःख तिमीले लिनु ।।
पीडाहरण गरिदिनु सबको बाटो खोलीदिनु ।
सब जनालाई खुसी बनाई आनन्द तिमी लिनु ।।
भुल्नैपर्ने रहेछ आमा दिनभरी काममा लागेपछि ।
प्रत्येक दिन खोज्छ मनले बेलुका घरमा आएपछि ।।
छोटो रहेछ साथ तिम्रो दिइनौ कहिल्यै गाली अनि पिटाई ।
सधैं हाँस्न सक्थ्यौ तिमी मनभरी पिर व्यथा खटाई ।।
आँखा मेरा छ्चल्किए यति कुरा लेख्दा ।
छोरी भन्दै आउँछौ कि झैं लाग्छ तिम्रो फोटो देख्दा ।।
पवित्र तिथि आमा औंसीको शुभकामना तिमिलाई ।
जस्तोसुकै कठिनाई पनि पार गर्ने आशिर्वाद देउ है हामीलाई ।।
जलजला गाउँपालिका–७, मिलनचोक, पर्वत

Leave a Reply