कोभिड-१९ महामारी संक्रमणको दोस्रो लहरसँगै बेनी नगरपालिकाले संक्रमतिको घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियान चालेको छ । होम आइसोलेसनमा बसेका संक्रमतिको स्वास्थ्य अवस्था बुझ्न र चिकित्सकीय परामर्शसहित औषधी सेवन तथा अन्य आवश्यक सहयोगका बारेमा नगरपालिकाले स्वास्थ्यकर्मीलाई घरदैलोमै पुगेर जानकारी लिने अभियानलाई तिब्रता दिएको जनाएको छ ।

नगरभित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि वडास्तरमै स्बाब संकलन सहित संक्रमित भएका र आइसोलेशनमा बसेकाहरुलाई प्राथमिक उपचारमा स्वास्थ्यकर्मी परिचालन गरिएको प्रबक्ता रामकृष्ण बराईलीले बताए ।

उनका १० वटै वडामा स्वास्थ्यकर्मीमार्फत संक्रमतिको अवस्थाका बारेमा जानकारी लिने र आवश्यक सहयोग ब्यवस्थापन गर्ने गरी स्वास्थ्य शाखाले काम गरेको बताए ।नगरपालिकाले संक्रमतिलाई घरमा बस्न समस्या भए संस्थागत होम आइसोलेसनको ब्यवस्था समेत रहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए ।संक्रमतिलाई समस्या भएमा अस्पतालसम्म लैजान आवश्यक गाडिकाे ब्यवस्थापन गरिएकाे नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयाे । नगरभित्र वडा नं ६, ७ र ८ मा संक्रमतिको दर उच्च रहेको छ।

यसैबीच नगरपालिकाले ६, ७ र ८ लाई बेनी अस्पताल र अन्य वडाहरुमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका र लक्षण देखिएकालाई पीसीआर परीक्षण गर्ने गरेको छ । यस्तै कतिपय लक्षण देखिएका संक्रमितहरुको घरमै पुगेर स्वाब परीक्षण गर्ने गरिएकाले सहज भएको नगरबासीको भनाई छ ।

Leave a Reply