म्याग्दीको धवलागिरी गाउँपालिका-१, गूर्जामा स्याउको बिरुवा रोप्दै स्थानीय । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जाको हावापानीमा स्याउको उत्पादन हुने भन्दै विगत एकदशक देखि स्थानीयले स्याउ खेती समेत गर्ने गरेका छन् ।

ब्यवसायीक उत्पादन नभएपनि परीक्षण उत्पादन सफल भएको स्थानीयको भनाई छ । मुस्ताङको जस्तै अनुकुल हावापानी भएकाले नियमित स्याउ खेती विस्तार गर्ने योजना रहेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

Leave a Reply