कोरोना महमारी संक्रमणको दोस्रो लहरसँगै पर्वतको जलजला गाउँपालिकाका यूवाहरूले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान सुरू गरेका छन् ।

गाउँपालिकामा दैनिक कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि क्रियटिभ युथ समुहको स्थापना गरी कोरोना संक्रमित भएका र आइसोलेसनमा बसेकाहरुलाई उपचारमा सहयोग पु¥याउने तथा अस्पतालसम्म लैजान सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको समुहका सदस्य नविन जिसीले बताए ।

‘कोरोना संक्रमणको जोखिमले घरमै बसेकालाई बजारबाट लैजानुपर्ने सबै आवश्यकतालाई पुरा गरिरहेका छौ,‘दिर्घरोगीलाई मध्यनजर गरी औषधीको अभाव हुन नदिन विषेश ध्यान दिएको जिसीले बताए ।

कोरोना संक्रमतिहरूलाई आपतकालिन रुपमा २४ सै घण्टा सेवा प्रदान गर्ने गरी राजु आचार्य, पूर्ण बरूवाल, राम खत्री, जितमान पुन, कुशल जिसी, युवराज अर्मजा, सुवास जिसी, डम्बरबहादुर जिसी, कमल विक्रम खत्री, प्रकाश पुन, चञ्चल जि सी, मानबहादुर कार्की लगाएत यूवाहरु जुटेका छन् ।

टोलीले कोरोना संक्रमतिलाई अक्सिजन आवश्यकता परेमा समेत सहयोग गरिरहेको अर्का यूवा रामबहादुर खत्रीले बताए। उनले पर्वत बेनीमा रहेको आफ्नो बागलुङ भगवती ड्राइभिङ स्कुलको प्राङ्गणमा सहायता कक्षको स्थापना समेत गरी स्वयंमसेवक परिचालन गरेका छन् ।

यूवाहरूको समुहले जलजला–८ फर्से स्थित अस्थायी कोरोना अस्पतालमा रहेका बिरामीलाई औषधी सहित आवश्यक साम्रागी सहयोगका साथै जलजलाबाट बेनी अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमतिलाई आवश्यक सहयोग, अस्पतालमा भर्ना भएकाको अवस्थाका बारेमा नियमित जानकारी लिने गरेका छन् । संक्रमतिलाई थप समस्या परेमा गाउँपालिकासँग समेत समन्वय भइरहेको उनले बताए ।
आवश्यक सहयोग चाहिएमा ०६९–५२०२११मा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply