विश्वव्यापि महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस दोस्रो लहरको संक्रमणबाट बँच्न र प्रतिरोधात्मक क्षमता बढाउन म्याग्दीका कैयौं मानिसहरुले तुलसी पत्र सेवन गर्न थालेका छन् ।

कोरोनाको संक्रमण जतिजति फैलिदै गएको छ, त्यति त्यति नै यहाँका सर्वसाधारणहरु जडिबुटी जन्य प्राकृतिक औषधी र बनस्पतिहरुको खोजिमा लागेका छन् । गुर्जो,अस्वगन्ध,दालचिनि लगाएतका वनस्पतिहरुको खोजी हुन थालेको म्याग्दीको धौलागिरि गाउँपालिका ३ मुनाका ७६ वर्षिय जगबहादुर विकले बताए ।

विकका अनुसार मुना,मुदी र गुर्जाका जंगलमा प्रशस्तै जडिबुटीहर पाइने भएकाले गाउँबाट मात्रै होइन बेनी,पोखरा,काठमाण्डौ लगाएतका सहर बजारहरुबाट समेत आफन्त र इष्टमित्रहरुमार्फत जडिबुटीहरुको माग हुन थालेको छ ।

आर्युवेदिक उपचार पद्यतिप्रति पछिल्लो समय मानिसहरुको विश्वास बढ्दै गएको र कोरोना का कारण विगत एकवर्ष अघिदेखि आयुर्वेदिक उपचार र औषधीप्रति मानिसहरु आकर्षित भएको आयुर्वेदिक औषधालय म्याग्दीका प्रमुख प्रेमप्रसाद गौतमले बताए ।

म्याग्दीमा आफूलाई आधुनिक भन्न रुचाउने युवा पुस्तादेखि लिएर पढेलेखेका र बृद्धबृद्धाहरुले समेत तुलसी पत्र र गौमुत्र सेवन गर्न थालेका आयुर्वेदिक औषधालयका प्रमुख गौतमले बताए ।

‘तुलसीपत्रमा पर्याप्त अक्सिजनको मात्रा हुन्छ,त्यसैले मानिसको अन्तिम अवस्था (मृत्यु हुने समय) मा पनि घरको विस्ताराबाट उठाएर तुलसीको मठनेर सारिन्छ’ प्रमुख गौतमले भने “हजारौं वर्ष पहिलोदेखि प्रयोग गरिदै आएका यस्ता वनस्पतिहरु धार्मिक दृष्टिकोणले मात्रै होइन औषधीय गुणले पनि युक्त भएकाले अत्यन्तै महत्वपूर्ण छन्, अब बल्ल मानिसहरुले विस्तारै यस्ता वनस्पतिहरुको महत्व बुझ्दै जान थालेका छन् ।”

प्राकृतिकरुपमा जंगलमा पाइने जडिबुटीहरुमा रोग प्रतिरोधात्मक क्षमता बढाउने मात्रै होइन रोगलाई नै समन गर्ने शक्ति समेत हुने वैज्ञानिकरुपमा नै पुष्टि भइसकेको उहाँले बताउनुभयो ।

तर,मानिसहरुले आधुनिकताको नाममा यस्ता वनस्पतिहरुको वेवास्ता गरिरहेका र महत्व नवुझ्दा बहुमूल्य जडिबुटीहरु जंगलमा त्यत्तिकै खेर गइरहेका उहाँले गुनसो गर्नुभयो ।

मानिस मात्रै होइन प्राचिन समयमा देवताहरु समेत विरामी हुने गरेका र उनीहरुका बैद्य धन्वन्तरीले विभिन्न किसिमका जडिबुटीहरु प्रयोग गरेर औषधी बनाइ उपचार गर्ने गरेका प्रशस्तै उदाहरणहरु बेद,उपनिषद् र धार्मिक पुस्तकहरुमा पाइन्छन् ।

आयुर्वेदमा आचार्य गर्नुभएका र हाल भारतको राजधानी दिल्लीको इब्राहमपुरमा आर्युवेदिक विद्यापीठ संचालन गरी आयुर्वेदिक चिकित्साको प्रचार जुट्नुभएका बेनी नगरपालिका २ ज्यामरुककोटका जीवन शर्मा आचार्यका अनुसार तुलसी र गौमुत्रको नियमित सेवन गर्ने हो भने शरीरमा अक्सिजनको कमी हुन नपाउनुका साथै रोग लागिहालेमा प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले रोगले शरिरमा प्रभाव जमाउन पाउँदैन ।

त्यसैगरी कोरोना संक्रमण भएका व्यक्तिलाई दालचिनी,अस्वगन्धा,तुलसी,मेवा र अम्बा ( बेलाउती) को पत्र मिश्रित चूर्ण वा रस सेवन गराउने हो भने प्रतिरोधात्मक क्षमता वृद्धि हुने आयुर्वेदिक चिकित्सकहरुले बताउँदै आएका छन् ।

आर्युवेदिक चिकित्सकहरुको भनाइलाई विश्वास गरेर बेनी नगरपालिका २ का ८५ वर्षिय बेदप्रसाद उपाध्यायले नियमितरुपमा तुलसी पत्र र गौमुत्र सेवन गर्दै आइरहेको बताउनुभयो ।

त्यसैगरी अर्मनका देवी सापकोटा,अर्थुङ्गेका निलकण्ठ आचार्य लगाएतले नियमितरुपमा तुलसी पत्र,गौमुत्र र प्राकृतिक औषधीहरुको सेवन गरिरहेकाले त्यस्तो कुनै पनि असहज अवस्था नआएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार साँझसम्म बेनी अस्पतालमा नै कोरोना पुष्टि भएका ९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी जिल्लामा विरामी भई थप उपचारका लागि काठमाण्डौं,पोखराका अस्पतालमा उपचारका लागि गएका कोरोना सङ्क्रमित ५ जना र म्याग्दी स्थायी ठेगाना भई काठमाण्डौं पोखरा लगाएतका शहरमा बसोवास गर्ने ५ जना गरी बैशाख महिनामा नै १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

 

Leave a Reply