म्याग्दीका कोरोना संक्रमति बिरामीलाई आवश्यक पर्ने अक्सिजनको अभाव हुन नदिन बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना गरिएको छ ।

म्याग्दीमा दैनिकजसो कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि कुनैपनि बेला अक्सिजनको अभाव हु्न सक्ने भन्दै जिल्ला भित्रका उद्योग र जलविद्युत आयोजनामा रहेका सिलिण्डर संकलन गरी अक्सिजन बैंक स्थापना गरिएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘नागरिकको जीवन रक्षाका लागिका लागि यो अभियानमा छौ,‘तत्काल प्रयोगमा नहुने सिलिण्डर उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु’ अध्यक्ष कटुवालले भने ।

उनले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई समेत कोरोना बिरुद्ध लड्न आवश्यक उपकरणमा सहयोग गर्न समेत अध्यक्ष कटुवालले अपिल गरेका छन् ।

बेनीबजारमा रहेका उद्योग ब्यापारीमार्फत प्रहरीले समेत २० वटा र रघुगंगा जलविद्युत आयोजनाबाट समेत २० वटा सिलिण्डर अस्पतालमा पुगेको छ । अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर संकलन गरिएको अध्यक्ष कटुवालको भनाई छ ।

अक्सिजन बैंकको स्थापनासँगै हाल अस्पताल र विभिन्न उद्योगबाट संकलन गरिएको गरी करिब १ सय सिलिण्डर भएपनि यो प्रयाप्त नभएको बेनी अस्पतालले जनाएको छ ।

कोरोना संक्रमति भएर शरीरमा अक्सिजनको मात्रा कम भई अन्तिम समयमा आएका बिरामीमध्ये बेनी अस्पताल र पोखरामा रिफर गरिएका बिरामीको ज्यान गएको अवस्थामा अति आवश्यक परेमा बिरामीलाई घरमै सिलिण्डर समेत पुर्याउनुपर्ने अवस्था रहेको चिकित्सकको भनाई छ।

अस्पतालमा दैनिकजसो शरीरमा अक्सिजनको मात्रा कम भएका बिरामी आउने गरेकोमा अस्पतालभित्र रहेको प्लान्टबाट सिधै बिरामीको बेडमै पु¥याउनुपर्ने भएकाले खाली सिलिण्डर उपलब्ध भए पोखरामा लगेर भरिने र आवश्यकताका आधारमा बिरामीलाई उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

बेनी अस्पताल बाहेक जिल्लाका अन्य स्थानीय तहमा समेत संक्रमतिलाई आवश्यक पर्ने प्रयाप्त अक्सिजनको सिलिण्डर उपलब्ध छैन्।

म्याग्दीमा कोरोना संक्रमतिको अवस्था झन् भयावह हुने अनुमान सहित अक्सिजनको अभावमा कोरोनाका गम्भीर बिरामीले मृत्युवरण गर्न नपरोस् भनेर जिल्ला प्रशासन कार्यालय, प्रहरी सहित सुरक्षा निकायकाले अक्सिजन सिलिण्डरको प्रयोग हुने संघसंस्था र ब्यापारीलाई सहयोगका अपिल सहित सिलिण्डर खोजीमा सक्रिय छ ।

म्याग्दीमा हाल २ सय ८ संक्रिय संक्रमति रहेकोमा करिब ९ सयभन्दा बढीको स्बाबको नतिजा आउँन बाँकी छ। बेनी अस्पतालमा पछिल्लो एकसाता यता अक्सिजनको माग बढ्दो रहेको जनाइएको छ ।

Leave a Reply