कोरोना भाइरसबिरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना भाईरसको संक्रमण भईरहेको छ। स्वस्थ्यविदहरुका निम्ति यो चिन्ताको विषय बनेको छ। खोप लागेका व्यक्तिमा भाईरसको संक्रमण देखिनु आफैमा खतराको विषय हो।

मानिसहरु यस विषयलाई लिएर विभिन्न प्रकारका प्रश्नहरु उठाउन बाध्य बनेका छन्। कोरोना संक्रमणको दोस्रो लहर चलेपछि कोरोना विरुद्धको खोप नै एक मात्र सजिलो र उपयोगी तरिका हो। यस भाईरसविरुद्धको खोप लगाएको तर केही मानिसमा यसले काम नगरेको देखिन्छ। यस्तो हुनुको कारण बारे धेरैको चासो छ।

भारतका केही एक्सपर्टसले यस विषय बारे महत्वपूर्ण जानकारी भारतका सञ्चार माध्यमलाई दिएका छन्। भारतका डा.अविरल रोयले कोरोना भाईरस विरुद्धको खोप बारे बताएका छन्। उनका अनुसार यो खोपले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ। खोपले शरीरको तापक्रमलाई बढ्न नदिनुका साथै रुघा र खोकीबाट पनि बचाउने काम गर्छ। यसका साथै हाम्रो शरीरलाई तागत दिने काम खोपले गर्छ।

भाईरसले हाम्रो शरीरमा आक्रमण नाकको माध्यमबाट गर्ने गर्छ। तर अहिलेको खोपले हाम्रो रगतमा एन्टीबडी बनाउने काम गरिरहेको छ। नाकबाट भाईरस जाने काम रोकिएको छैन। तर खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणको असर भने कम हुन सक्ने डा.रोय बताउँछन्।

खोप लगाउनु महत्वपूर्ण विषय हो। तर खोपको पहिलो डोज लगाएको २ सातापछि मात्र खोपले ५० प्रतिशतदेखि ८५ प्रतिशतसम्म असर गर्छ भने सोही खोपको दोस्रो डोज लगाएको २ सातापछि यसले ९५ प्रतिशतसम्म काम गर्ने डाक्टर बताउँछन्।  कोरोना भाईरसविरुद्धको खोप लगाए पनि धेरै कुराहरुमा ध्यान दिनु पर्ने उनी बताउँछन् ।

खोप लगाएको व्यक्तिले पनि मास्क लगाउनु उतिकै आवश्यक रहेको हुन्छ। नाकबाट यो भाईरस हाम्रो शरिरमा प्रवेश गरि इम्यून सिस्टमलाई असर पार्ने गरेको हुदाँ खोप लगाएको व्यक्तिले पनि यी कुराहरुलाई बुझन आवश्यक रहेको विज्ञहरुले बताउदै आएका छन्। सधै मास्कको प्रयोगसंगै सरकारले स्वास्थ्य विज्ञहरुसंग बनाएका हेल्थ गाईडलाईनको पालाना गरि आफ्नो स्वास्थ्यलाई ध्यान दिन जरुरी रहेको छ।

Leave a Reply