बेनी अस्पतालका प्रमुख डा. कँडेललको अपिल, ‘सास फेर्न असजिलोे भए तुरुन्तै सम्पर्क गर्नुहोस्’ भिडियो
स्वासप्रस्वासमा समस्या आएपछि बेनी अस्पतालमा उपचारार्थ ५ जना कोरोना संक्रमतिलाई हाई फ्लो अक्सिजन दिइएको छ ।

आकस्मिक कक्षको बेडमा अक्सिजन प्लान्टबाट सिधै बेडमा जडान गरिएको पाइपबाट अक्सिजन लिइरहेका छन् । बहिरङ्ग सेवा ९ओपिडी० कक्ष प्रवेश गर्ने ढोकाको छेउमै अक्सिजन सिलिण्डर राखेर एक पुरुष संक्रमतिले मुखमा अक्सिजन मास्क लगाएका छन् ।

उनीजस्ता ८ जना बिरामीलाई समेत नियमित अक्सिजनका लागि ठूलो सिलिण्डर तयारी अवस्थामा राखिएको छ । शुक्रबार बिहानसम्म अस्पतालमा १५ जना बिरामीलाई भर्ना गरी अक्सिजन उपलब्ध गराएको छ ।

शरीरमा एक्कासी अक्सिजनको मात्रा कम भएपछि आउने बिरामीको संख्या पछिल्लो एक साता यता बढ्न थालेको छ । कोरोनाको जोखिमसँगै अस्पतालमा आउने बिरामीको चाप समेत ह्वात्तै बढेको छ ।

अस्पतालमा भर्ना भएका सबैजसो कोरोना संक्रमतिमा स्वासप्रस्वासमाको समस्या रहेको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए । ‘हाई फ्लो अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढ्नु चिन्ताजनक अवस्था हो,‘संक्रमतिको दर बढ्दा झन् जोखिम बढ्ने निश्चित छ’ डा. कँडेलले भने ।

के तपाईले शरीमा अक्सिजनको मात्रा कम भएको महसुस गर्नुभएको छ, यसरी घरमा अक्सिमिटिर प्रयोग गर्नुहोस् ?

 

हाई फ्लो अक्सिजन दिनुपर्ने बिरामीलाई धेरै खपत हुने भएकाले संख्या बढ्दै जाँदा थप ब्यवस्थापन गर्नुपर्ने डा. कँडेलको भनाई छ ।

हाई फ्लो अक्सिजनको आवश्यकतासँगै धेरै दिनलाई पुग्ने अक्सिजन सकिने गरेको छ । सिकिस्त अवस्थामा अस्पतालमा आएका कोभिडका बिरामीमा अक्सिजनको लेभल घटेर ३५–४० र ५०–६० मा समेत झर्ने अवस्थामा समेत भेटिएको डा. कँडेलको भनाई छ ।

 

कोरोनाका बिरामीमा अक्सिजनको मात्रा निकै कम हुने गरेकाले अक्सिजनको आवश्यक परेकालाई एक सेकेन्ड पनि छोड्न नमिल्ने डा.कँडेलले बताए । सामान्यतया स्वस्थ मानिसको शरीरमा ९२ देखि ९५ प्रतिशत अक्सिजनको मात्रा हुन्छ ।

शुक्रबार बेनीअनलाइनसँगको कुराकानीमा डा. कँडेलले शरीरमा अक्सिजन कति छ भनेर आफैँ पनि हेर्न सकिन्छ भएकाले यो बेलामा सुतेर उठ्दा वित्तिकै र हिड्दा–हिड्दै गरेको अवस्थामा बाहेक पल्स अक्सिमिटर ल्याएर शरीरमा कति अक्सिजन छ हेर्न मिल्ने भएकाले प्रयोग गर्न समेत अपिल गरेका छन् ।

कोरोना पोजिटिभ भएका बिरामीले शरीरमा अक्सिजन ९० भन्दा कम भएमा तत्काल अक्सिजन दिनुपर्छ । बेनी अस्पतालमा एकदिन अगाडी आउँदा ज्यान जोगिने बिरामी समेत अन्तिम समयमा आएकाले सकुशल फिर्ता पठाउन नसकिएको भन्दै बिरामीलाई आवश्यक परेमा बेनी अस्पतालले सुरु गरेको हेलो डक्टरमा परामर्श गर्न सकिने डा. कँडेलको भनाई छ ।

अक्सिजनको लेभल धेरै झरेका बिरामीको बेनी अस्पताल र पोखरामा उपचारको क्रममा बिरामीले ज्यान गुमाएका छन् । कोरोना लक्षण देखिएर उपचारको क्रममा ज्यान गुमाएका अधिकांस बिरामीको प्रमुख समस्या नै शरीरमा अक्सिजनको मात्रा कम भएको चिकित्सकको भनाई छ ।

अस्पतालमा हाल कोरोना संक्रमतिलाई नै प्राथमिकतामा राखेर अन्य बिरामीलाई फिबर क्लिनिकबाट सिफारिस गरेको आधारमा मात्रै चिकित्सकले चेकजाँच गर्ने गरेका छन् ।

Leave a Reply