शनिबार म्याग्दीमा कोरोना भाइरसका अहिलेसम्मका सबैभन्दा धेरै सक्रमति थपिएका छन् । पछिल्लो २४ घण्टामा १ सय महिला र १ सय ३० पुरुष गरी २ सय ३० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले जारी गरेको विज्ञप्ती स्बाब संकलन गरी पिसिआर विधिबाट गरिएको परीक्षणको क्रममा कोरोना पुष्टी भएको हो ।

यता प्रदेश स्वास्थ्य निर्देशनालयले यसअगाडी जारी गरेको म्याग्दीको संक्रमतिको संख्या थपघट हुन थालेपछि स्वास्थ्य कार्यालय म्याग्दीले स्थानीय तह अनुसार संक्रमतिको संख्या सार्वजनिक गर्ने गरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार एन्टीजेन विधिबाट प्रदेशको विज्ञप्ती बाहेक थप ५ जना थपिएको जनाएको छ ।

जसमा बेनी नगरपालिकाका ६४ जना, मंगला गापा २८ जना, रघुगंगाका गापा ५२ जना, अन्नपूर्ण गापा ७५ जना, धवलागिरी गापा १ जना र पवर्तको जलजला गाउँपालिकाका ३ जना गरी जम्मा २२३ जना(पिसिआरबाट) र रघुगंगा ५ जना, बेनपा ४ जना, धवलागिरी २ जना र मालिका १ जना गरी जम्मा १२ जना (एन्टीजेन विधिबाट) रहेका छन ।

यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ८७९ पुगेको छ (७६९ पिसिआरबाट र ११० एन्टीजेन विधिबाट) साथै शनिबार १० जना कोरोना संक्रमित आइसोलेनमुक्त भएका छन् ।

नयाँसँगै म्याग्दीमो सक्रिंय संक्रमतिको संख्या ४ सय ४५ जना रहेको जनाइएको छ । म्याग्दीमा यसअगाडीको सक्रिय संक्रमति भन्दा एकैदिन भेटिएका संक्रमितको संख्या धेरै देखिएका छन् । म्याग्दीबाट पठाइएको ४ सय २८ नमुनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार गण्डकी प्रदेशमा भेटिएका संक्रमतिमध्ये सबैभन्दा धेरै समेत म्याग्दीका छन् भने छिमेकी जिल्ला मुस्ताङ सँगै मनाङ र लमजुङमा सुन्य संक्रमति रहेका छन भने पर्वतमा २२ जना र बागलुङमा ७९ जना रहेको निर्देशनालयले जनाएको छ ।

जिल्लाका सबै स्थानीय तहमा नयाँ संक्रमतिको संख्या अत्याधिक रहेको बताइएको छ । बेनी नगरपालिकाका संक्रमति होम आइसोलेसनमा छन् भने गाउँपालिकमा रहेको संस्थागत आइसोलेसनमा भने संक्रमति बस्न थालेका छन् । शनिबार नै बेनी नगरपालिका ४ सिंगा तातोपानीका एक संक्रमतिको उपचारको क्रममा पोखरामा मृत्यु भएको छ ।

नोट : ***  प्रदेशको विज्ञप्तीमा २ सय ३० भएपनि स्वास्थ्य कार्यालयले भने २ सय ३५ जना रहेको जनाएको छ । अस्पतलाभित्रको ल्याबमा गरिने एन्टीजेन विधिबाट पोजेटिभ देखिएकालाई पनि पिसिआर सरह मान्यता दिने गरिएको छ ।

Leave a Reply