धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोनाबाट सङ्क्रमितको उपचारका लागि अक्सिजनको आवश्यकता भएपछि बेनी अस्पतालबाट शुक्रबार मध्यरातमा १० सिलिण्डर अक्सिजन पठाइएको छ।

बागलुङमा तीब्र रुपमा फैलिएको कोरोनाका संक्रमतिमा स्वासप्रस्वासको समस्यालाई मध्यनजर गरी अस्पताललाई आवश्यकता परेपछि शुक्रबार राती १२ बजेतिर भरिएका सिलिण्डर पठाइएको अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘छिमेकी जिल्लामा अक्सिजनको अभाव भएपछि हामीले सक्ने सहयोग गछौं,‘जिल्लाभित्र पनि अक्सिजनको माग बढ्न थालेको छ’ अध्यक्ष कटुवालले भने ।

उनले अञ्चल अस्पतालसँग सहकार्य गरी गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध रहेको बताए । बागलुङमा आवश्यकता परेमा बेनी अस्पतालको अक्सिजन प्लान्टबाट सिलिण्डरमा भरेर पठाउन सकिने जनाएको छ । गतबर्ष पनि बेनी अस्पतालले अञ्चल अस्पतालमा आवश्यक पर्ने ३० थान पिपिई पठाइएको थियो ।

यसैबीच बेनी अस्पतालमा दैनिक स्वासप्रस्वासका संक्रमति भएका बिरामीको चाप बढ्न थालेपछि अक्सिजन बैंकको स्थापना गरिएको छ । साथै ब्यक्तिगत र संस्थागत रुपमा अक्सिजनको खाली सिलिण्डर समेत संकलन भइरहेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply