सामाजिक एवम् मानवीय सेवामा सक्रिय गंगा जिसी फाउण्डेशनले बेनी नगरपालिकाका ८ वडाका प्रत्येक घरधुरीमा पुग्ने गरी २० हजार मास्क र ४ हजार थान हात धुने सावुन वितरण वितरण गरेको छ ।

कोरोना भाइरसबाट जोगिन र जोगाउन संक्रमतिको उपचारमास सक्रिय रहेको फाउण्डेशनले स्व.सुदिप मेमोरियल ट्रष्टसँगको सहकार्यमा सदरमुकाम बेनीबजार अवस्थित ७ र ८ नम्बर वडा बाहेक ८ वटै वडा कार्यालयमा शनिबार एक कार्यक्रम गरी जनप्रतिनिधिलाई साम्रागी हस्तान्तरण गरेको फाउण्डेशनका अध्यक्ष नारायण जिसीले बताए ।

उनका अनुसार वडाका जनप्रतिनिधिमार्फत उक्त मास्क वडाभित्रका सबै घरधुरीले पाउनेछन् ।‘सबै घरधुरीलाई कोरोनाबाट जोगिन यो अभियानमा जुटेका छौ,‘जनप्रतिनिधिले घरमै पु¥याइदिने प्रतिबद्धता जनाउनुभएको छ’ अध्यक्ष जिसीले भने ।

कोरोनाको दोस्रो भेरियन्ट समुदायस्तरमै फैलिएपछि फाउण्डेशनले स्थानीय तहसँग सहकार्य गरी ५ वटा सवारीसाधनलाई एम्बुलेन्स समेत बनाएको थियो भने बिरामीलाई घरबाटै उद्धार गरी अस्पतालसम्म पुर्याउन समेत सहयोगी भूमिका खेलेको थियो ।

मास्क र सावुन वितरण कार्यक्रममा स्वर्गिय सुदिप रावल मेमोरियल ट्रष्टले समेत साथ दिएको थियो । ट्रष्टका अध्यक्ष सन्तोष रावलका अनुसार कोरोनाले समुदायमा संक्रमणसँगै त्रास फैलिरहेको अवस्थामा सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएर अभियानमा सहभागी भएको बताए ।

यता वडाका जनप्रतिनिधि समेत अभियानबाट उत्साहित भएका छन् । फाउण्डेशन र ट्रष्टमार्फत प्राप्त सहयोगलाई समुदायका सबै घरधुरीमा पु¥याउने प्रतिबद्धता समेत जनाएका छन् । फाउण्डेशन उपचारको अभावमा ज्यान गुमाएकी बेनपा ६ छापाकी गंगा जिसी र ट्रष्ट सवारी दुर्घटनामा ज्यान गुमाएका बेनपा १ रत्नेचौरका सुदिप रावलको स्मृतिमा स्थापना गरिएको संस्था हो ।

शनिबार वितरण गरिएको मास्क र सावुनको विवरण
१) मास्क २२ सय ५० मास्क, ४५० सावुन
२)३ हजार थान मास्क, ६ सय थान सावुन
३)२५ सय मास्क, ५ सय सावुन
४)२२ सय ५० थान मास्क, ४ सय ५० थान सावुन
५) ३ हजार थान मास्क, ६ सय थान सावुन
६) २५ सय थान मास्क, ५ सय सावुन
९) ३ हजार मास्क, ६ सय सावुन
१०) १५ सय मास्क र ३ सय सावुन

 

Leave a Reply