---Advertisement---

मानिस कोरोनाको कहरमा तर, यही मौका पारेर प्रकृति भने उदात्त हाँसिरहेको छ (फोटो फिचर)

On: May 16, 2021 12:52 PM
Follow Us:

भनिन्छ, ‘संकटका बेला मानिसले आफन्त र प्रकृतिलाई राम्रोसँग चिन्ने मौका पाउँछ।’ यतिबेला पूरै विश्व कोभिड १९ को नयाँ भेरियन्ट लहरमा थिलोथिलो भएको छ। विज्ञान र प्रविधिको यो युगमा एउटा अदृश्य भाइरसले मानिसको जीवन तहसनहस बनाइदिएको छ।

महान दार्शनिक रुसोले ‘अन्ततः मानिस प्रकृतितर्फ नफर्की सुखै पाउँदैन’ भनेर उतिबेला भनेका थिए। सो अहिले वास्तविकतामा परिणत भएको छ। मानिस कोरोना भाइरसबाट आक्रान्त छ। संक्रमणबाट कसरी जोगिने भन्ने ध्याउन्नमा लागेको छ। म्याग्दी पनि कोरोनाको कहरमा परेको छ।

यी जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ। बजार सुनसान छ। कोरोना भाइरसको संक्रमण शुरू हुनुअघि आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमनले भरिभराउ हुने म्याग्दीको सदरमुकाम बेनी अहिले मानिसविहीन बनेका छन्।

तर, यही मौका पारेर प्रकृति भने उदात्त हाँसिरहेको छ। यस्तो लाग्छ-मौन प्रकृतिले मानिसको दम्भ र अहम्‌लाई गिज्याइरहेको छ। वसन्त ऋतुले भर्खरै मात्र प्रकृतिसँग बिदा लिएपनि मुस्ताङको प्रकृतिमा बैसालु मोहकता झल्किरहेको छ। म्याग्दीको सदरमुकाम बेनीबजार मानवीय चहलपहल पर्खिरहेको छ।

शब्द: धुब्रसागर शर्मा :-तस्वीरहरु अनुप बानियाँ