म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको बगरफाँटमा तीन रोपनी क्षेत्रफलको विशाल चटनमाथि दुर्गा भगवतीको भव्य मन्दिर निर्माण गरिएको छ ।

जिल्ला बन कार्यालय म्याग्दीको ४ लाख ६५ हजार ,जिल्ला मालपोत कार्यालयको १० हजार, बेनी नगरपालिकाको ५ लाख, वालुवा, गिटी र ढुङ्गा बिक्रिबाट २० हजार, देश विदेशमा रहेका बगरफाँट वासीहरुको ७ लाख ५० गरी १७ लाख ३५ हजारमा भव्य मन्दिर निर्माण गरिनुका साथै बँचेको रकम नियमित पूजा संचालनका लागि अक्षय कोष स्थापना गरिने मन्दिर निर्माण समितिका संयोजक नारायण कार्कीले जानकारी दिनभुयो ।

गजुर शैलीमा निर्मांण गरिएको मन्दिर समथर फाँटका बीचमा रहेको विशाल टापुमा निर्माण गरिएको छ । मन्दिर तीन रोपनी क्षेत्रफलको रहेको र मन्दिरसम्म पुग्नका लागि पक्की सिंडी सहितको पदमार्ग निर्माण गरिएको छ ।

Leave a Reply