म्याग्दीमा तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बेनी अस्पतालले स्थापना गरेको अक्सिजन बैंकलाई बेनी नगरपालिका-३ भकिम्ली डाँडाखानीका बाख्रापालक कृषकले २ वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।

नेपाल ब्यवसायिक बाख्रापालक महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका श्रीषले रू ५० हजारमा ठूलो सिलिण्डर अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् । ‘कोरोना संक्रमतिलाई अक्सिजनको अभाव हुन नदिने अभियानमा मैले सानो सहयोग गरेको छु,‘यो बेलामा जे सकिन्छ त्यो सहयोग गर्ने हो’ श्रीषले भने ।

उनले अक्सिजनको अभावमा जति नै सम्पन्न भएपनि अस्पतालमा तत्काल ब्यवस्थापन नभए ज्यान जाने अवस्था रहेकाले आवश्यक अक्सिजनको सिलिण्डरको ब्यवस्थानमा सबैले साथ दिनुपर्ने बताए । सोही अवसरमा श्रीषले डाँडाखानीकै रिस्टा किराना स्टोर तथा खाजा घरका सञ्चालक गोपाल भट्टचनले सेनिटाइजर खरिदका लागि अस्पताललाई ३ हजारको सेनिटाइजर समेत हस्तान्तरण गरेका थिए ।

संक्रमतिमा अक्सिजनको मात्रा निकै कम हुदाँ आवश्यक पर्ने अक्सिजनको अभाव हुन नदिन बेनी अनलाइन प्रालिद्धारा सुरू गरिएको ‘म्याग्देली कोरोना संक्रमतिको लागि आवश्यक पर्ने अक्सिजनमा, मेरो योगदान’ नामक अभियानमार्फत बेनी नगरपालिका–४ तातोपानी घर भई हाल फ्रान्समा रहेका मोना फ्रान्सका निर्वतमान अध्यक्ष हेम बानियाँ र धर्मपत्नी पुनम बानियाँले एक थान ठूलो सिलिण्डर सहयोग गरेको अध्यक्ष कटुवालले बताए ।

‘यो अभियानमा सञ्चारमाध्यमको ठूलो भूमिका देखियो,‘धेरैले मलाई पनि सिलिण्डर सहयोग गर्ने बताइरहनुभएको छ, हामीले बजारमा अभाव भएकाले खोजी गरिरहेका छौ’ अध्यक्ष कटुवालले भने। शरीरमा अक्सिजनको अभाव भएपछि संक्रमतिले मृत्युवरण गर्न नपरोस् भन्ने अभियानमार्फत थप अक्सिजनका सिलिण्डरको समेत ब्यवस्थापन भइरहेको छ।

अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रमा उत्पादन भइरहेको अक्सिजनलाई सिलिण्डरमा भरेर राखी आवश्यकता अनुसार प्रयोग गर्ने जनाइएको छ । बजारमा ठूलो सिलिण्डरलाई २२ हजारदेखि २५ हजारसम्म पर्ने जनाइएको छ ।

Leave a Reply