अष्ट्रेलियामारहेका एक म्याग्देली दम्पत्तीले कोरोना संक्रमित र लक्षण देखिएका बिरामीलाई बोक्न सवारीसाधनमा सहयोग गरेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्याम दरबाङ घर भएका गौप्रसाद पुर्जा र पृथकुमारी जुग्जाली पूर्जाले गाउँपालिका भित्रका बिरामीको उपचारमा सहज हुने गरी एक महिनासम्मलाई ग ३ च ९११ नम्बरको बोलेरो जिप गाउँपालिकालाई हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकामा कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि प्राथमिक उपचार केन्द्र दरबाङ र बेनी अस्पतालसम्म ल्याउन उक्त बोलेरो प्रयोग गरिने उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । गाउँपालिकामा रहेका सवारी साधन बाहेक समुदायस्तरबाट समेत प्राप्त सहयोगबाट समेत प्राप्त भएको सहयोगले बिरामीको उपचारमा समेत सहज हुने भन्दै सहयोगदातालाई धन्यवाद ज्ञापन समेत दिइन् ।

हाल गाउँपालिकाको सवारीसाधन, एक एम्बुलेन्स, एक बोलेरो भाडामा लिएर बिरामीको उपचारमा प्रयोग भइरहेको छ ।

यता सहयोगदाता जुग्जालीले आफ्नो गाउँपालिकाका भित्रका बिरामीलाई उपचारमा सहज हुने गरी ९० हजार बराबरको सहयोग गरेको बताए । उनले ‘अहिलेको आवश्यकता नै बिरामीको सेवा गर्नु हो’,‘‘बिरामीले समयमै सवारीसाधन नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था हुनुहुँदैन भनेर सहयोग गरेको बताए ।

कोरोना संक्रमित बोक्न प्रयोगमा ल्याएका छन्। जुग्जाली दम्पत्तीले यसअगाडी गाउँ जोड्ने सडक, विद्यालयमा इन्टरनेट तथा विदेशमा अलपत्र परेका एक स्थानीयको उद्धार सहित दर्जनौ सामाजिक कार्यमा सहयोग गरिसकेका छन् ।

Leave a Reply