---Advertisement---

म्याग्दीमा एकैदिन ४२ जना कोरोना संक्रमणमुक्त

On: May 17, 2021 10:19 AM
Follow Us:

म्याग्दीमा कोरोनाको दोस्रो लहरसँगै आइतबार १२ जना नयाँ संक्रमति थपिदाँ ४२ जना संक्रमणमुक्त भएका छन्। जिल्लाभित्र तिब्र गतिमा फैलिएको कोरोनाबाट संक्रमतिको संख्या ह्वात्तै बढेपनि संक्रमति भएर होम आइसोलेसनमा बसेका बिरामी धमाधम कोरोना मुक्त हुन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

होम आइसोलेसनमा बसेका संक्रमतिले कोरोना परास्त गरी दैनिक काममा फर्किएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकृत गणेश सुबेदीले बताए ।

‘दोस्रो भेरियन्ट यता एकैदिन निको हुनेको संख्या धेरै हो,‘जनस्वास्थ्यको मापदण्डको पालना गरे कोरोनाबाट मुक्त हुन सकिन्छ’ सुबेदीले बेनीअनलाइनलाई भने ।

कोरोनाको लक्षण देखिएमा समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने भाइरस संक्रमणलाई पराजित गर्न सकिने बताइएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने,पखाला, शरीर दुख्ने लगायतका समस्या भए तत्काल उपचारका लागि गएका बिरामी उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा ध्यान दिने र अक्सिजनको मात्रा कमी भए तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्ने सूचना अधिकृत सुबेदीले बताए ।

होम आइसोलेसनमामा बसेकाले नियमित तातो बाफ लिने र स्वास्थ्यमा हेल्चेक्राई गरे कोरोनालाई सजिलै जित्न सकिने बताए । म्याग्दीमा हालसम्म दोस्रो लहरयता डेढ सयको हाराहारीमा कोरोना मुक्त भएका छन् भने संक्रिय संक्रमतिको संख्या भने ४ सय नाघेको छ ।