बेनी अस्पतालले कोभिड ब्यवस्थापनको लागि विभिन्न पदमा ३४ जना स्वास्थ्यकर्मी करारमा भर्ना लिन लागेको छ । गण्डकी प्रदेश सरकार को स्विकृत अस्थायी दरबन्दी अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि अस्पतालले सातदिनभित्र आवेदन दिन मिल्ने गरी भर्ना खोलेको बेनी अस्पतालकी म्यानेजर पुजा बानियाँले जानकारी दिईन् ।

अस्पतालले सोमबार सार्वजनिक गरेको सूचनामा स्टाफनर्स १२ जना, हेल्थ असिस्टेन्टमा ८ जना, कार्यालय सहयोगी ५ जना,फामेर्सी सहायक ३ जना, ल्याव टेक्निसियन २ मेडिकल रेकर्डर १, एनेस्थेसिया सहायक, बायोमेडिकल टेक्निसियन १ रहेका छन् ।

आवेदनका लागि आवश्यक पर्ने कागजाताहरू

१. आवेदन दिने अन्तिम मिति : यो सुचना प्रकाशित भएको मितिले ७ (सात) औँ दिनको कार्यालय समय भित्र ,उक्त दिन सार्वजानिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र ।
२ शैक्षिक योग्यता :सम्बन्धित पदको लागि लोक सेवा आयोगले तोकेको न्युनतम शैक्षिक योग्यता साथै सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनु पर्ने ।
३. संलग्न गर्नुपर्ने कागजातहरु : व्यक्तिगत विवरण ,२ प्रति पासपोर्ट साइजको फोटो,नेपाली नागरिकताको प्रमाणपत्र,शैक्षिक योग्यताको प्रमाणपत्र,नेपाल स्वास्थ्य व्यवसायी परिषद्को प्रमाण पत्र,अनुभवका प्रमाणपत्र सहितको निवेदन ।
४.आवेदन दिने तरिका : बुदाँ नं २ र ३ मा उल्लेख भएका कागजातहरु राखी बेनी अस्पतालको विलिङ शाखामा तोकिएको शुल्क बुझाई भौचर सलंग्न राखी स्वयम उपस्थित भई आवेदन दिने ।
५.तलव स्केल : नेपाल सरकारले तोकेको सुरु तलव स्केल मात्र ।
६.करार अवधि : २०७८ असार मसान्तसम्म ।
७.उमेर हद : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
८. सम्वन्धित पदमा अनुभवी उम्मेदवारलाई विषेश प्रथामिकता दिइनेछ ।
९.पदपुर्तिका लागि छनौट भएका उम्मेदवारहरुको योग्यक्रम बेनी अस्पतालको सुचना पाटीमा टासँ गरिनेछ ।
१०ं थप जानकारीको लागि : कार्यालय समय भित्र यस कार्यालयको फोन नं ०६९–५२११८८ मा सम्पर्क गर्न सकिने छ ।
११. सुचनामा उल्लेख भए वाहेकका अन्य कुराहरु कार्यालय प्रमुखको निर्देशन गरे वमोजिम हुनेछ ।

Leave a Reply