म्याग्दीको मंगला गाउँपालिका–५,अर्मन छिस्वाङका ६० बर्षिय मिनबहादुर मल्लको आमा वितेपछि मृत्यु संस्कारकै क्रममा अचानक बिरामी भए । गएको महिनाको बैशाख १६ विहान किरियामै बसेको बेलामा हल्का ज्वरो आउने, टाउको र शरीर दुख्ने लगायतका समस्या देखियो ।

मल्ललाई देखिएका सबै लक्षणहरू कोरोनासँग मिल्ने थिए । आमाको मृत्यु संस्कार सकिएलगत्तै बैशाख २५ गते स्वासप्रस्वासमा समेत समस्या देखिएपछि बेनी अस्पतालमा आए ।

एम्बुलेन्समा अस्पतालसम्म आइपुग्दा मल्ललाई बाँचिन्छ भन्ने लागेको थिएन् । उनी निराश थिए, श्रीमति सन्तु मल्लले समेत श्रीमानको अवस्था निकै भाबुक बनिन् । अस्पतालमा भर्ना हुदाँ मल्लको अक्सिजनको लेभल घटेर ७० मा समेत झरेको थियो ।

उनलाई हाई फ्लो अक्सिजन दिइयो । अक्जिनको लेभल ९० नाघेपछि बिरामीको चापलाई मध्यनजर गदैं मल्ललाई आकस्मिक कक्षको बेडबाट बहिरङ्ग सेवा (ओपिडी०) कक्ष प्रवेश गर्ने ढोकाको छेउमै राखियो।

मल्लसँगै तीनजना बिरामी लस्करै अक्सिजन सिलिण्डर राखेर नियमित मुखमा अक्सिजन मास्क लगाएका थिए ।ढोकाको छेउमा बसेकी मल्लकी श्रीमति सन्तु अस्पतालको गेटमा प्रवेश गर्दा निकै निराश थिइन् ।उनले धेरैपटक श्रीमानले नदेख्ने गरी आँसु भुईमा समेत खसालिन् ।

कोरोना संक्रमण देखिएसँगै शरीरमा अक्सिजनको मात्रा कम भएपछि मृत्यु नजिक हुने संक्रमति मल्ललाई थाहा थियो । ‘आमाको कृया सकेलगत्तै एम्बुलेन्समा अस्पतालमा आए,‘अहिले त मलाई धेरै राम्रो भएको छ’ मल्लले बेनीअनलाइनसँगको कुराकानीमा भने । उनी अहिले कोरोना मुक्त भएका छन् ।

उनले समयमै अस्पतालमा नआएको भए ज्यानै जाने अवस्थामा पुगेको बताए । शरीरमा एक्कासी अक्सिजनको मात्रा कम भएपछि घरमै बस्नु भनेको ज्यान गुमाउनु जस्तै रहेछ । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले चेकजाँच सँगै नियमित दिने हौसलाले उर्जा थपिएको बताए ।

‘समयमै उपचार गर्दा कति फरक पार्दछ जिन्दगीमा भन्ने महसुस गरेको छु,‘सबैलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गर्छु’ मल्लले थपे । स्वास्थ्यमा सुधार आएपछि उनी घर फर्किन लागेका छन् । उनले अस्पतालमा आफ्नो उपचारमा कुनै कमी नभएको भन्दै उपचारमा संलग्न सबैलाई धन्यवाद समेत दिएका छन् ।

यता बेनी अस्पतालका चिकित्सकले समयमै उपचारका लागि अस्पतालमा आएका बिरामी निको भएर फर्किएको बताउँदै कोरोना संक्रमतिको स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा आउने पर्ने बताए । अस्पतालमा संक्रमतिलाई लक्षित गरी आइसोलेसन बेड समेत तयारी अवस्थामा छ भने बिरामीलाई अक्सिजन समेत हालसम्म प्रयाप्त रहेकाले बिरामीलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गरिएको छ ।

Leave a Reply