म्याग्दीमा सोमबार थप ८४ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर र एन्टीजेन परीक्षणको क्रममा महिला ४२ र पुरुष ४२ जनामा कोरोना पुष्टी भएको हो ।

बेनी अस्पताल सहित विभिन्न स्थानीय तहबाट संकलन गरिएको स्बाब पोखरा र बागलुङका प्रयोगशालामा गरिएको पिसिआर परिक्षण६४ जना र स्वास्थ्य कार्यालय म्याग्दीले गरेको एन्टिजिन परिक्षणमा २० जना गरि ८४ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा एक संक्रमतिको समेत ज्यान गएको उल्लेख छ । यो सँगै संक्रिय संक्रमितको संख्या ५ सय नजिक पुगेको छ । सोमबार कास्की र नवलपरासी पूर्वपछि गण्डकी प्रदेशमै सबैभन्दा धेरै संक्रमति हुने जिल्ला म्याग्दी परेको छ ।

Leave a Reply