म्याग्दीका तीन महिने शिशुले कोरोना संक्रमणलाई पराजित गरेका छन्। बेनी नगरपालिका घर भई हाल पर्वतको जलजला गाउँपालिका-३, पर्वतबेनीम बस्ने आमासँगै संक्रमति भएका शिशु पनि कोरोनामुक्त भएका हुन्।

शिशुकी आमालाई कोरोनाको लक्षण देखिएपछि बैशाख १७ गते बेनी अस्पतालमा स्वाब संकलन गरिएको थियो।बैशाख १९ गते नतिजा आएपछि होम आइसोलेसनमा बसेको अवस्थामा आमा र छोरा दुबै कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले बताए ।

उनले कोरोनाको नयाँ संक्रमतिसँगै जित्नेको संख्यामा समेत धेरै रहेको बताए ।यता शिशुका बुबाले कोरोनालाई जितेको बताए । ‘शिशु र आमा दुबै कोरोना मुक्त भएका छन्,‘शिशुले कोरोना जितेकाले कोही त्रसित नहुनुहोला’ शिशुका बुबाले भने ।

उनले कन्ट्याक्ट ट्रेसिङ संक्रमण पुष्टि भएपछि उनीहरुलाई होम आइसोलेसनबाटै निको भएको बताए। कोरोना भाइरसको लक्षण देखिएपनि चिकित्सकको सुझाव अनुसार नियमित औषधी सेवन सहित अन्य जनस्वास्थ्यका मापदण्ड पालना गरेको बताए ।

उनले तीन महिने शिशुले कोरोना जित्न सक्ने भएकाले आत्मविश्वास बलियो बनाउन सक्नु नै कोरोनाको औषधी भएको बताए । म्याग्दीमा कोरोनाको दोस्रो लहरसँगै शिशुलाई कोरोना संक्रमति भएको यो पहिलो हो । संक्रमति बुबाआमा र आफन्तसँगै घुलमिल भएकालाई शिशुलाई समेत कोरोना देखिएको छैन् ।

Leave a Reply