लायन्स क्लव बेनी पिस सिटीको निशुल्क एम्बुलेन्स सेवा

म्याग्दीका कोरोना संक्रमतिको संख्या तिब्र गतिमा बढ्न थालेपछि सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्स क्लव बेनी पिस सिटीलेबिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।

क्लवले कोरोनाकै जोखिममा रहेकालाई लक्षित गरी विभिन्न प्याकेज तयार गरेपनि पहिलो चरणमा निशुल्क एम्बलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको क्लवका बर्ष २०२०–२१ का अध्यक्ष खम थापा मगरले बताए ।

‘हरेक दिन कोरोना संक्रमतिको संख्या थपिएको छ,‘विरामीको उपचारमै केन्द्रित हुने गरी यो अभियानमा छौ’ अध्यक्ष थापाले भने । उनले कोरोना संक्रमतिलाई बेनी अस्पताल तथा पोखरासम्म लैजाने गरी क्लवले आवश्यक स्वास्थ्य साम्रागी समेत तयार गर्ने बताए ।

क्लवले कोरोनाका कारण समस्यामा परेकालाई कुनै सहयोग वा परामर्श आवश्यकता परेमा सम्पर्क गर्न समेत अपिल गरेको छ । क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, पूर्व अध्यक्ष लोकेश पुन मगर, निर्वतमान अध्यक्ष नरेश श्रेष्ठ लगायतको उपस्थितीमा भएको बैठकले कोरोनासँग जुध्न सरोकारवाला निकायसँग समेत समन्वय गर्ने जनाएको छ ।

Previous articleम्याग्दीका ३ महिने शिशुले कोरोनालाई जिते
Next articleपोखरामा रोकिएको बेनी अस्पतालको ३३ सिलिण्डर भरेर आज आउँदै