म्याग्दीका कोरोना संक्रमतिको संख्या तिब्र गतिमा बढ्न थालेपछि सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्स क्लव बेनी पिस सिटीलेबिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।

क्लवले कोरोनाकै जोखिममा रहेकालाई लक्षित गरी विभिन्न प्याकेज तयार गरेपनि पहिलो चरणमा निशुल्क एम्बलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको क्लवका बर्ष २०२०–२१ का अध्यक्ष खम थापा मगरले बताए ।

‘हरेक दिन कोरोना संक्रमतिको संख्या थपिएको छ,‘विरामीको उपचारमै केन्द्रित हुने गरी यो अभियानमा छौ’ अध्यक्ष थापाले भने । उनले कोरोना संक्रमतिलाई बेनी अस्पताल तथा पोखरासम्म लैजाने गरी क्लवले आवश्यक स्वास्थ्य साम्रागी समेत तयार गर्ने बताए ।

क्लवले कोरोनाका कारण समस्यामा परेकालाई कुनै सहयोग वा परामर्श आवश्यकता परेमा सम्पर्क गर्न समेत अपिल गरेको छ । क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, पूर्व अध्यक्ष लोकेश पुन मगर, निर्वतमान अध्यक्ष नरेश श्रेष्ठ लगायतको उपस्थितीमा भएको बैठकले कोरोनासँग जुध्न सरोकारवाला निकायसँग समेत समन्वय गर्ने जनाएको छ ।

Leave a Reply