म्याग्दीमा अक्सिजनको अभाव हुन नदिन पोखरा पठाइएको अक्सिजनको खाली सिलिण्डर भरी आज सोमबार रातीसम्म बेनी अस्पतालमा ल्याइदैछ ।

गत बैशाख ३१ गते ३५ वटा खाली सिलिण्डर पोखरा पठाइपनि बेवास्ता गरेपछि विभिन्न माध्यमबाट दिइएको दवावपछि बल्ल आज पोखरा अक्सिजन प्रालिले बल्ल आज म्याग्दीबाट पठाइएको अक्सिजनको सिलिण्डर भरेको हो ।

बेनी अस्पतालमा शरीरमा अक्सिजनको मात्रा कम भएका बिरामीको चाप बढ्न थालेको अवस्थामा पोखरा पठाइएको सिलिण्डरको भर्ने पालो आएपनि बेवास्ता गरेपछि बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत दवाव दिन लगाएका थिए ।

म्याग्दीका सिलिण्डरको रसिद भुक्तानी लिन समेत आनकानी गरेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकिय सचिव प्रकाश पौडेल प्रालिमै पुगेका थिए । उनी करिब १ बजेतिर जानकारी पाएपछि पुगेको बताए ।

‘मैले त फेसबुकबाट जानकारी पाए लगत्तै उद्योगमै पुगे,‘बेनी अस्पतालका सबै सिलिण्डर भरेपछि फर्किए’ पौडेलले भने । अहिलेको अवस्थामा दवाव र जानकारी नदिई उद्योगले अक्सिजन भर्न आनकानी गर्ने गरेको समेत पौडेलले स्वीकार गरेका छन् ।

बेनी अस्पतालले पठाएको ३५ सिलिण्डरमध्ये ३३ सिलिण्डर भरी आएको छ भने दुईवटामा खरावी भएकाले रित्तै आएको अस्पतालका अध्यक्ष कटुवालले बताए । उनले अस्पतालभित्र रहेको प्लान्टबाट सिधै विरामीको बेडमा अक्सिजन जडान गरिएकाले खाली सिलिण्डरमा भर्न समस्या भएको बताए ।

पोखरा पठाइएको सिलिण्डर भर्ने काम ढिलाई हुदाँ समस्या भएपनि बिरामीको आवश्यकतालाई अहिले पुरा गर्न सकिने बताए ।

धेरै भन्दा धेरै सिलिण्डर भरी बिरामीलाई सहज बनाउने अस्पतालले अक्सिजन बैंकको समेत स्थापना गरेको छ । अक्सिजन भर्न ढिलाई गर्दा समस्या सिर्जना हुन थालेको थियो । यसैबीच रघुगंगा गाउँपालिकाको अक्सिजनको सिलिण्डर समेत मंगलबारसम्म पुग्ने छ ।

Leave a Reply