म्याग्दीमा कोरोनाको दोस्रो लहरसँगै मंगलबार नयाँ संक्रमतिभन्दा दोब्बर बढी संक्रमणमुक्त भएका छन् । २७ जनामा संक्रमति थपिदाँ ६० जनाले कोरोनालाई जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो भेरियन्ट यता मंगलबार अहिलेसम्मकै ठूलो संख्यामा संक्रमतिले कोरोनालाई परास्त गरेको जनाइएको छ ।

कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा ध्यान दिने र अक्सिजनको मात्रा कमी भएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले घरदैलोमै पुगेर समेत सेवा दिइरहेको छ ।

यता मंगलबार थपिएकामा मंगला गाउँपालिकाका १६ जना पिसिआर विधिबाट संक्रमति थपिएका छन भने अन्नपूर्णमा ३ जना, बेनी नगरपालिकामा २ जना, मंगलामा १ जना, मालिकामा १ जना रघुगंगामा १ जना, धवलागिरीमा १ जना र जलजलामा २ जना गरी जम्मा ११ जना(एन्टीजेन विधिबाट) पहिचान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

यो सगै म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ९९४ जना पुगेको छ ( ८४७ पिसिआरबाट र १४७ एन्टीजेन विधिबाट) रहेका छन् । त्यसैगरि मंगलवार ने ६० जना संक्रमित निको भएर आईसोलेशन मुक्त हुनु भएको छ भने अहिले जिल्लामा ४०९ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ६६३ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ

 

 

Leave a Reply