म्याग्दीको रघुगंगा गाउँपालिका-२ राखु भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई करिब एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

कोरोना संक्रमितको उपचार तथा रोकथाममा सहयोग पु¥याउन भण्डारीले सर्जिकल ग्लोब्स २५ सय पिस,पल्स अक्सिमिटर १ वटा र अक्सिजन फलोमिटर ३ पिस मंगलबार भण्डारीकी छोरी बेनी नगरपालिकाकी स्वास्थ्यकर्मी चन्द्रप्रभा भण्डारी बानियाँले अस्पताल व्यवस्थाप समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका हुन् ।

रघुगंगा गाउँपालिकाका कर्मचारी समेत रहेका भण्डारीले कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन अस्पताललाई उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको बताए ।

भण्डारीले प्रदान गरेको स्वास्थ्य सामाग्रीले संक्रमित विरामीलाई उपचारमा सहयोग पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए। कोरोनाका विरामीहरुको उपचारमा स्वदेश तथा विदेशबाटपछिल्लो समय सहयोग जुट्न थालेको छ ।

Leave a Reply