कोभिड–१९ संक्रमण समुदायस्तरमै फैलिएपछि पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसले ५० थान अक्सिमिटर सहयोग गरेको छ ।

मंगला गाउँपालिका भित्रका स्वास्थ्य चौकी, स्वास्थ्य इकाई र गाउँपालिकामा समेत प्रयोगमा आउने गरी क्याम्पसका सञ्चालक समिति अध्यक्ष याम थापा र आर्थिक पूर्वाधार समितिका संयोजक यशुदा रोकाले गाउँपालिका अध्यक्ष सतप्रसाद रोकालाई हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले समुदायस्तरबाटै कोरोना रोकथाम र नियन्त्रणका लागि सहयोग र सक्रितायको आवश्यकता रहेको बताए । घरमै बसिरहँदा कतिपयलाई सास फेर्न गाह्रो हुदाँ तुरुन्तै अक्सिजनको मात्रा नाप्नुपर्ने अध्यक्ष रोकाको भनाई छ।

रगतमा अक्सिजनको मात्रा र मुटुको धड्कन थाहा पाउन प्रयोग गरिने भरपर्दो पल्स अक्सिमिटरको प्रयोग गर्नुपर्ने अध्यक्ष रोकाले बताए । उनले शरीरमा अक्सिजनको मात्रा घटबढ भएमा तत्काल जानकारी गराउन र सिकिस्त भए गाउँपालिकाले समेत स्वास्थ्य संस्थामा लैजान एम्बुलेन्स पठाउने समेत उनले बताए । गाउँपालिका भित्र

दिनदिनै बढिरहेको संक्रमणका फैलिएको अवस्थामा सामान्य लक्षणसहितका संक्रमितले ब्यक्तिगत अक्सि मिटरको नभएको अवस्थामा स्वास्थ्य चौकीमा गएर रगतमा अक्सिजनको मात्रा नाप्ने सकिने भएकाले उक्त सहयोग गरेको क्याम्पसका अध्यक्ष रोकाले बताए ।

क्याम्पसले कोराना संक्रमति विपन्नलाई समेत खाद्यान्न सहितको सहयोग गर्ने जनाएको छ । क्याम्पसको आर्थिक संकट समाधान गदैं अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्ती, प्राविधिक धारका विषय सञ्चालनका लागि २ करोडभन्दा बढीको अक्षय कोष स्थापनाको अभियानसँगै कोरोना बिरुद्धको अभियानमा समेत सक्रिय छ ।

Leave a Reply