कोभिड-१९ संक्रमतिलाई अक्सिजनको अभाव भएपछि रोजगारीको सिलसिलामा अस्ट्रेलियामा रहेका अर्मनका तीन यूवाले १ लाख बराबरको सहयोग गरेका छन् ।

रोजगारीको सिलसिलामा अस्ट्रेलियामा रहेका मंगला गाउँपालिका-५, पाखुका रमेश रोका, राजन सापकोटा र छिस्वाङका सन्तोष मल्ल वडामा रहेका कोराना संक्रमति र शरीरमा अक्सिजनको अभाव भएका दिर्घरोगीको उपचारका लागि करिब एक लाख बराबरको ३ थान अक्सिजन सिलिन्डर सहयोग गरेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, वडा नं ५ भुपेन्द्रबहादुर खत्री, मंगला कोरोना अस्थायी अस्पताल डा।रोशनी पूर्जा लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष रोकाले प्रवासमा रहेका मंगलबासीले जन्मथलोमा पर्ने घाउमा मलम लगाउने उदेश्यले सहयोग गरेकोमा धन्यवाद दिए ।

म्याग्दीका कोरोना संक्रमतिमा अचानक सास फेर्न समस्या भएपछि उपचारका लागि अस्पतालमा पुग्नुपर्ने अवस्थामा वडास्तरमै अक्सिजनको ब्यवस्थापनले सहज भएको बताइएको छ ।

Leave a Reply