विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर महिनामा चिनको वुहान सहर बाट सुरु भएको कोभिड ले अहिले सम्म आफ्नो प्रभाब जमाइ रहेको छ । यो लेख लेख्दै गर्दा विश्वमा १६० मिलियन भन्दा बढि ब्यक्ति संक्रमित छन् भने ३.२ मिलियन ले ज्यान गुमाउन बाध्य भय भने कोरोना मुक्त हुने ब्यक्ति को सन्ख्या ९५.८ मिलियन भन्दा बढी छ ।

नेपालमा सन २०२० जनवरि १३ तारिख का दिन ३२ बर्षिय नेपाली जो Wuhan University of  Technology मा अध्ययनरत बाट शुरु भएको संक्रमणले रास्ट्रलाइ अत्यन्तै सम्बेदनशील अवस्थामा पु¥याएको छ । देशको आर्थिक अवस्था मा जस्तै शैक्षिक अवस्थामा पनि गम्भिर असर पारी रहेको छ। अहिले त्यही थला परेको शैक्षिक क्षेत्रको चर्चा गर्ने प्रयास गरिएको छ।

२०७६ साल चैत्र महिना मा माध्यमिक तह कक्षा १० को परिक्षा एसइईको अघिल्लोदिनको साझ बाट सुरु भएको शैक्षिक संस्था बन्दले आजका दिन सम्म र अझै कति समय हो बिद्यालयका शिक्षण सिकाइ गतिबिधिमा गतिरोध उत्पन्न्न गरायो गराई रहेको छ र अझै कहिले सम्म प्रभाव पार्ने हो एकिन भन्ने सक्ने अवस्था छैन् ।

सुरुवाती दिनमा छोटो समयनै होला भनेर बेवास्ता गरिएको शैक्षिक क्षेत्र लाई सरकारी तवरबाट असार महिना मा बैकल्पिक शिक्षण बिधि कार्यान्वयन निर्देशिका जारी गर्दै गति दिने प्रयास भयो कति बिद्यालयमा चैत्र बैशाख देखिनै कुनै न कुनै माध्यम बाट शिक्षक बिद्यार्थी नियमित सम्पर्कमा थिए ।

सरकारले अनलाइन अफलाइन रेडियो टेलिभिजनमा आदि आदि माध्यम सुझायो त्यसको प्रभावकारीता, प्रयोग भएको नभएको, उपलब्धि, नतिजा आदि हेरिएको वा अनुगमन गरिएको जानकारी पाइएन । अन्य जिल्लामा जस्तै हाम्रो म्याग्दी मा पनि उही अनि उस्तै प्रकारले घटनाक्रमहरु अगाडी बढिरहे ।

कुनै–कुनै बिद्यालयले अनलाइन कक्षाहरु अफलाइन सामाग्रीहरु बितरण गरे अधिकाङ्स बिद्यालयमा कुनै प्रकारको शैक्षिक गतिबिधि सन्चालन मा आएनन्छलफल अन्तरक्रिया बादबिबाद्का बिच टोल शिक्षण पनि भए कति प्रभावकारी भय सम्बन्धित पक्ष लाइ जानकारि होला अनि बिस्तारै बिद्यालय आलो पालो जोर बिजोर भन्दै पुरानै पद्धति मा आयो अनि धमाधम पढाइ सञ्चालन भए जब बार्शिक परिक्षा नजिकिदै थिए फेरि बन्द ।

गत बर्ष को बन्द र अहिले को बन्दमा केहि भिन्नता पाइयो शैक्षिक बिकल्प प्रयोग गर्न बिद्यालय अभिभावक शिक्षक बिद्यार्थि स्थानिय निकाय अलि बढि जागरुक देखिय। यो मामिलामा सामुदायिक बिद्यालय भन्दा सस्थागत बिद्यालय को अग्रसरता अनी बिद्यार्थी सहभागित बढि देखियो सायद पहँुचको अवस्थाले होला।

सबै ठाउँ अनि ब्यक्ति सङ्ग इन्टरनेट अनी डिजिटल डिभाइस को सहजता नहुनु अनि सामाजिक आर्थिक अवस्थाले पनि फरक पारे होला।

अब आफ्नै कुरा गरौ म आफु कार्यरत बिद्यालय मा गत बर्ष बैशाख देखिनै अनलाइन कक्षाको थालनि गरेका थियौ पहिलो चरण मा सानो समुह बात थालनि गरिएको कक्षा सफल रहे पछि अन्य कक्षामा पनि सुरु गर्यौ बिभिन्न समस्या सङ्ग जुझ्दै सके सम्म प्रयाश गर्यौ केही हद सम्म सफलता हात लागे पनि सम्पुर्ण बिद्यार्थी लाइ जोडन सकेका थियनौ तर यो बर्ष सन्ख्यात्मक रुपमा अलि बढि छन सम्पुर्ण शिक्षक हरु नियमित र निरन्तर कक्षामा हुनुहुन्छ दुरसञ्चार सेवा प्रदायक सस्थाले पनि शैक्षिक प्याकेज हरु प्रदान गर्दै बैकल्पिक शैक्षिण बिधि लाई हौशला प्रदान देखिन्छ ।

बेनी नगरपालिका अन्तरगत शिक्षा शाखाले पनि नगरपालिका क्षेत्र भित्रका सबै वडाहरु डिजिटल शाक्षरता का योजना हरु अगाडि बढाउदै पहिलो चरणका कार्यक्रम हरु अगाडि बढेका छन ग्रामिण क्षेत्रका बिद्यालय शिक्षक हरु नियमित भएचुअल मिटिङ्ग का माध्यम बाट कसरी बिद्यार्थीसंग आफ्ना शैक्षिक सामाग्री पुर्याउन सकिन्छ भन्ने योजना र रणनिति बनाउदै गरेका छन् ।

बदलिदो परिबेश अनि परिस्थितिसंगै आफँुलाई बदल्दै चुनौति मा अवसरको खोजि का लागि समन्वयात्मक भुमिकामा स्थानिय तह बिद्यालय प्रशासन जिम्मेवार शिक्षक जागरिला बिद्यार्थी र अशल अभिभावक को सामुहिक प्रयाश ले यो कार्य मा सार्थकता न आउला भन्न सकिन्न । अबका दिनमा झोले शिक्षक टोले शिक्षक बन्दै स्मार्ट शिक्षक मा परिणत हुन धेरै समय लाग्ने छैन ।

गत बर्ष असम्भव सार्थकता नदेख्ने झुण्ड पनि अनलाइन शिक्षण प्रति आकर्षित हुदै गर्दा यो सार्थक हुने आशा गर्न सकिन्छ । कोहि पनि पुर्ण हुदैन काम अगाडि बढाउदै जादा आइपर्ने समस्या हरु ब्यक्तिगत समुहगत अनि सस्थागत रुपमा समाधानका उपाय हरु खोज्दै समाधान गर्दै जादा पक्कै सफलता हात लाग्ने कुरामा दुइमत छैन।

अन्तमा सन्सार परिबर्तन गर्नु छ भने पहिले आफुबाट सुरु गर्नुस भन्ने उक्ति सङ्गै सहमत हुदै आफु सक्षम बनौ अनि अरुलाइ सक्षम बनाउने अभियानमा सबै शैक्षिक सरोकार वाला निकायलाइ अनुरोध गर्दै अनलाइन अफलाइन कक्षा सन्चालन गरि महामारिले निम्त्याएको शैक्षिक क्षतिलाइ न्युनि करण गरौ घरमै बसौ सुरक्षित रहौ
सुबेदी प्रकाश माविका अंग्रेजीका शिक्षक हुन् ।

 

Leave a Reply