म्याग्दीमा बुधबार थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमतिमध्ये बेनी नगरपालिका २२ जना, धवलागिरी गाँउपालिकामा ९ जना, मंगलामा गाउँपालिकामा२ जना, रघुगंगा गाँउपालिकामा १ जना रहेका छन् ।

त्यस्तै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनपा १ जना , मंगला १ जना, अन्नपुर्ण १६ जना र रघुगंगामा १८ जना गरी जम्मा ३६ जना (एन्टिजेन बिधिबाट) रहेकोको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले बताए ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १०६६ जना पुगेको छ(पिसिआरबाट ८८३ जना र एन्टिजेनबाट १८३) रहेका छन् । जिल्लामा ४५० जना सक्रिय संक्रमित हुनुहुन्छ। म्याग्दीको ८१३ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ । यसैबीच बुधबार नै २९ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएको जनाइएको छ ।

कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको संख्या निरन्तर उकालो लागिरहेको छ भने संक्रमणमुक्त हुनेको संख्यामा समेत सुधार आएको छ । कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा ध्यान दिने र अक्सिजनको मात्रा कमी भएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले घरदैलोमै पुगेर समेत सेवा दिइरहेको छ ।

Leave a Reply