कोरोनाको दोस्रो लहरसँगै म्याग्दीमा संक्रमतिको संख्या निरन्तर उकालो लागेपछि म्याग्दी बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीले विभिन्न संघसंस्थालाई स्वास्थ्य साम्रागी सहयोग गरेका छन् ।

क्याम्पसको मानबिकी संकाय २०६२÷०६३ ब्याचका विद्यार्थीले कोरोना रोकथाम र नियन्त्रणको फन्टलाइनमा खटिएका बेनी अस्पतालका स्वास्थ्यकर्मीलाई लक्षित गरी ३५ हजार बराबरको स्वास्थ्य साम्रागी सहयोग गरेका छन् ।

त्यस्तै बालगृहमा ५ हजार र गलेश्वर शिवालयमा बसोबास गर्ने जेष्ठ नागरिकलाई तरकारी खरिद गर्न १० हजार नगद सहयोग गरिएको क्याम्पसका पूर्व विद्यार्थी सुमन बानियाँले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थी एवम् बेनी अस्पताल ब्यवस्थापन समितिकी कार्यसमिति सदस्य ज्योती लामिछाने पौडेलले भविस्यमा समेत पूर्व विद्यार्थीको पहलमा सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने बताए ।

उक्त ब्याचमा अध्ययनरत स्वदेश तथा विदेशमा रहेकाले संगठित भएर विभिन्न क्षेत्रमा सहयोग गर्ने गरी थप योजना समेत बनाएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा बेनी अस्पताल, गलेश्वर शिवालय क्षेत्र विकास कोष र बाल संगठनले आभार प्रकट गरेको छ।

Leave a Reply