म्याग्दीकी नरदेवी पुनले गण्डकी प्रदेशको बुधबार विस्तार भएको मन्त्रिमण्डलमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी पाएकी छन् । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित पुन यसअगाडीको मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्रीको जिम्मेबारी सम्हालेकी थिईन् ।

मन्त्री पुनको जिम्मेबारीबाट यसअगाडीको स्वास्थ्य क्षेत्रको जिम्मेबारी हेरफेर भएपनि विज्ञान, प्रविधि र संस्कृति थपिएको छ । दोस्रो संविधानसभामा एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी ४७ वर्षीय पुन नेकपा (एमाले)का अध्यक्ष केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पशुपक्षी विकास राज्यमन्त्री बनेकी थिइन् ।

अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेकी पुन गण्डकी प्रदेशमा प्रदेशसभा साविकको धौलागिरी अञ्चलका चार जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुने एक मात्रै महिला समेत हुन् नेकपा एमालेमा गण्डकी प्रदेशमा महिलातर्फ पुनलाई प्रभावशाली नेता मानिन्छ ।

Leave a Reply