म्याग्दीमा विहिबार थप ९० जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा ६ जना , मंगलामा गाँउपालिकामा २ जना, अन्नपुर्ण गाँउपालिकामा १५ जना धवलागिरी गाउँपालिकामा ९ र रघुगंगामा गाँउपालिकामा १० जना गरी जम्मा ४२ जना (एन्टिजेन बिधिबाट) रहेका छन् ।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ११५६ जना पुगेको छ । पिसिआर विधिबाट ९३१ जना र एन्टिजेन विधिबाट २२५ जना पहिचान भएका हुुुन् । आज ११० जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् । भने जिल्लामा ४२१ जना सक्रिय संक्रमित रहेका छन् । अझै ७४८ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

Leave a Reply