कोरोना भाइरसको दोस्रो भेरियन्ट तीव्ररूपमा फैलिएपछि एक ब्यवसायीले  संक्रमतिको उपचारमा आवश्यक पर्ने ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् ।

पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा अवस्थित यति धौलागिरी टेडर्सले श्वासप्रश्वासमा समस्या आएका बिरामीको उपचारमा सहज हुने गरी ५० थान अक्सिजनको सिलिण्डर उपलब्ध गराएको कम्पीनका सञ्चालक इन्द्र मगरले जानकारी दिए ।

म्याग्दीमा अक्सिजनको सिलिण्डरका आधिकारिक विक्रेता समेत रहेका मगरले म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाको आइसोलेन कक्षमा प्रयोग हुने गरी सहयोग गरेको बताए । पर्वत अस्पतालमा फिर्ता हुने गरी दश वटा खाली र ६ वटा भरिएको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

जलजला गाउँपालिकालाई सात वटा ठूलो र तीन सानो सिलिण्डर, बेनी अस्पतालमा पाँच वटा भरेको र चारवटा खाली सिलिण्डर दिइएको छ ।

त्यस्तै रघुगंगामा ४ वटा सानो र एक ठूलो सिलिण्डर, अन्नपूर्ण गाउँपालिकामा आठ वटा ठूलो र तीनवटा सानो सिलिण्डर र मुस्ताङको थासाङ गाउँपालिकामा तीन वटा सिलिण्डर पठाएको सञ्चालम मगरले बताए ।

‘ब्यक्तिगत रुपमा किन्न आउँदा समेत मैले होल्डर गरेर स्वास्थ्य संस्थालाई दिए,‘यो महामारीमा आफ्नो क्षमताले जे सकिन्छ त्यही दिने हो’ मगरले बेनीअलाइनलाई भने। उनले थप पहल समेत गरिरहेको बताए ।

कोरोना संक्रमतिको उपचारमा अक्सिजन अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वितरण गरिएको छ । म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको छ।

अक्सिजनको स्तर ४० देखि ५० प्रतिशतभन्दा तल झरेको अवस्थामा अस्पतालमा भर्ना भएका संक्रमतिको उपचारमा हाइ फ्लो अक्सिजन चाहिने भएकाले समेत ब्यवसायभन्दा बिरामीको उपचारलाई प्राथमिकता दिएर कोरोनाको सहज अवस्था भएपछि फिर्ता गर्ने गरी दिएको बताए । उनले आफ्नै खर्चमा समेत सिलिण्डर भरेर विगतमा समेत बिरामी र स्वास्थ्य संस्थालाई निशुल्क समेत दिने गरेको बताए ।

Leave a Reply