म्याग्दीमा मानवीय सेवामा सक्रिय स्वर्गिय सुदिप रावल मेमोरियल ट्रष्ट र गंगा जिसी फाउण्डेशनले कोरोना रोकथाममा फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मी र अभिभावकविहिन बालबालिका बस्ने बालगृहमा स्वास्थ्य साम्रागी वितरण गरेको छ ।

कोरोनाको दोस्रो लहरसँगै म्याग्दीमा संक्रमतिको संख्या निरन्तर उकालो लागेपछि एम्बुलेन्स सेवा सहित समुदायस्तरमा सहयोग अभियानमा जुटेको संस्थामार्फत नेपाल प्रहरीलाई ७ सय थान मास्क र १ सय हात धुने सावुन, २५ थान सेनिटाइजर र बाल संगठनमा रहेका बालबालिकालाई प्रयोग गर्ने गरी २ सय थान मास्क र १५ सावुन र सेनिटाइजर वितरण गरेको संस्थाले जनाएको छ ।

ट्रष्टका अध्यक्ष सन्तोष रावल र गंगा जिसी फाउण्डेशनका अध्यक्ष नारायण जिसीले उक्त सहयोग हस्तान्तरण गदैं भविस्यमा समेत सहकार्यको प्रतिबद्धता जनाएका थिए ।

कोरोनाको दोस्रो लहरसँगै संस्थामार्फत जिल्लाका सबै स्थानीय तह सहित विभिन्न संघसंस्था र स्वास्थ्य संस्थालाई साम्रागी वितरणसँगै कोरोना संक्रमतिलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका विभिन्न स्थानबाट बेनी अस्पतालमा र थप उपचारका लागि पोखरा लैजाने गरिएको फाउण्डेशनका सदस्य सचिव बिमल रिजालले बताए ।

फाउण्डेशनले स्थानीय तहसँग सहकार्य गरी ५ वटा सवारीसाधनलाई एम्बुलेन्स समेत बनाएको थियो भने बिरामीलाई घरबाटै उद्धार गरी अस्पतालसम्म पुर्याउन समेत सहयोगी भूमिका खेलेको छ भने ट्रष्टले स्वास्थ्य साम्रागी वितरणमा सहकार्य गरेको छ ।

Leave a Reply